सियोल। नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाको क्षेत्रीय अधिवेशन यही डिसेम्बर २८, २०२५ आइतबार कोरियाका आठ वटै क्षेत्रमा एकै साथ आयोजना हुने भएको छ। समितिले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्दै संगठनलाई थप मजबुत बनाउने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागेको जनाएको छ।
समितिका अनुसार अधिवेशन बिहान ११ बजेदेखि सुरु हुनेछ। दक्षिण कोरियामा रहेका सम्पूर्ण क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई आ–आफ्नो क्षेत्र अनुसारको अधिवेशनमा सहभागी भई कार्यक्रम सफल पारिदिन आग्रह गरिएको छ।
क्षेत्रगत रूपमा अधिवेशन सियोल, उइजम्बु–पाजु–यान्जु, इन्छन–गिम्पो, आन्सान–सुवन–ह्वासङ, फ्यङ्थेक–छेओनान–छुङ्नाम, थेगु–गुमी–ख्यङ्सान्बुक्दो, बुसान–गिम्हे–ख्यङ्सान्नाम्दो तथा छुङ्बुक–जिन्छन–जेछन क्षेत्रमा आयोजना हुने समितिले जानकारी दिएको छ।
सियोल क्षेत्रको अधिवेशन दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा आयोजना हुनेछ भने उइजम्बु–पाजु–यान्जु क्षेत्रको अधिवेशन याङ्जुस्थित लक्ष्मीपूजा रेस्टुरेन्ट हलमा हुनेछ। त्यस्तै, इन्छन–गिम्पो क्षेत्रको अधिवेशन गिम्पोस्थित नमस्ते एभरेष्ट रेस्टुरेन्टमा हुने जनाइएको छ।
आन्सान–सुवन–ह्वासङ क्षेत्रको अधिवेशन सुवनस्थित सेराक एभरेष्ट रेस्टुरेन्टमा आयोजना हुनेछ। बुसान–गिम्हे–ख्यङ्सान्नाम्दो क्षेत्रको अधिवेशन न्यू लिटिल इन्डिया रेस्टुरेन्टमा हुने छ। अन्य केही क्षेत्रको अधिवेशन स्थल भने सम्बन्धित क्षेत्रीय समितिमार्फत छुट्टै जानकारी गराइने समितिले जनाएको छ।
अधिवेशनका लागि आवश्यक सम्पर्क नम्बरहरू समेत सार्वजनिक गरिएको छ। समितिले क्षेत्रीय अधिवेशनमार्फत नयाँ नेतृत्व चयन, संगठनात्मक समीक्षा तथा भावी कार्यदिशाबारे छलफल हुने जानकारी दिएको छ।
📍 अधिवेशन हुने स्थान तथा सम्पर्क विवरण
(तपसिल बमोजिम)
१. क्षेत्र नं. १ : सउल
२. क्षेत्र नं. २ : उइजम्बु / पाजु / यान्जु
३. क्षेत्र नं. ३ : इन्छन / गिम्पो
-
स्थान: 경기도 김포시 구래동 6883-2, 제2층 제201-1호, 아스타프라자
(Namaste Everest Restaurant)
-
सम्पर्क: 010-7395-6918 / 010-5708-8950
४. क्षेत्र नं. ४ : आन्सान / सुवन / ह्वासङ
५. क्षेत्र नं. ५ : फ्यङ्थेक / छेओनान / छुङ्नाम
६. क्षेत्र नं. ६ : थेगु / गुमी / ख्यङ्सान्बुक्दो
७. क्षेत्र नं. ७ : बुसान / गिम्हे / ख्यङ्सान्नाम्दो
८. क्षेत्र नं. ८ : छुङ्बुक / जिन्छन / जेछन