सुवन,कोरिया ।दक्षिण कोरियामा दादिङ साङ्छयोलिङ तमाङ समाज गठन भएको छ समुदायभित्र एकता कायम राख्दै,विदेशमा रहँदा पनि आफ्ना दाजुभाइ दिदीबहिनीहरूका सुख–दुःखमा साथ, आपत्–विपत् पर्दा सहयोग पुर्याउने, पीडामा हातेमालो गर्ने र समाजभित्र सकारात्मक सोच फैलाउने प्रतिवद्धता व्यक्त गर्दै दक्षिण कोरियामा दादिङ साङ्छयोलिङ तमाङ समाज गठन भएको छ। चुसकको अवसरमा सुवन स्थित सराक एभेरेस्ट रेस्टुरेण्टको सभाहलामा एक भेलाको आयोजना गरी समाजको गठन गरिएको हो ।

सो अवसरमा समाजका अध्यक्ष नन्दकुमार तामाङले संस्थाको उद्देश्य स्पष्ट पार्दै हाम्रो मुख्य उद्देश्य भनेको समुदायभित्र एकता कायम राख्दै, विदेशमा रहँदा पनि आफ्ना दाजुभाइ दिदीबहिनीहरूका सुख–दुःखमा साथ दिनु हो। आपत्–विपत् पर्दा सहयोग पुर्याउने, पीडामा हातेमालो गर्ने र समाजभित्र सकारात्मक सोच फैलाउने हाम्रो प्रतिवद्धता हो।”

“हामीले सानो बाटोबाट सुरु गरेका छौं, तर हाम्रो लक्ष्य ठूलो मनले सेवा गर्ने हो। भविष्यमा शैक्षिक, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग पुर्याउने कामहरू पनि गर्दै लैजाने योजना छ।”
कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरूले संस्थाको उद्देश्य र अध्यक्षको दृष्टिकोणप्रति प्रसन्नता व्यक्त गर्दै निरन्तर साथ, सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
उक्त कार्यक्रममा समाजका पदाधिकारीहरू, सदस्यहरू तथा उपस्थित अतिथिहरूले संस्थाको उद्देश्य, भविष्यका योजना र कार्यदिशाबारे आफ्ना विचार र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रमले सबैको सुझावका आधारमा केही महत्वपूर्ण र व्यावहारिक निर्णयहरू पनि पारित गरेको छ।
नेपालमा हालै परेको अविरल वर्षा र पहिरोका कारण प्रभावित दाजुभाइ दिदीबहिनीहरूलाई समाजको तर्फबाट सहयोग उपलब्ध गराउने निर्णय पनि सोही अवसरमा गरिएको छ। उक्त निर्णयलाई तत्काल कार्यान्वयनमा लैजाने जानकारी समाजका उपाध्यक्ष महेन्द्र तामाङले दिनुभयो।
