सौल/ कोरिया।
नेपालमा जारी जेन जीको आन्दोनलमा कोरियाका नेपाली बिध्यार्थीले प्रतिवद्धता व्यक्त गर्दै श्रदान्जली सभाको आयोजना गर्ने भएका छन्न।
कोरियाको केडियूमा अध्यनरत नेपाली बिध्यार्थीहरुले नेपालमा भएका दुःखद घटनामा दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम गर्ने भएका हुन्न।
यस्तो छ उनिहरुको आह्वान
नेपालमा भएका दुःखद घटनामा दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै र हाम्रो भावी नेपाललाई भ्रष्टाचारमुक्त बनाउनको लागि युवापुस्ताको आवाज बुलन्द पार्ने उद्देश्यले हामीले मैन बत्ती प्रज्वलन कार्यक्रम र Gen Z Youth Protest आयोजना गरेका छौँ।
📍 स्थान: KDU Ground
🗓️ मिति: 2025 सेप्टेम्बर 9
⏰ समय: बेलुकी 8:30 बजेदेखि 9:00 बजे सम्म
👉 यस कार्यक्रममा हामी सबै—सिनियर, जुनियर र साथीहरू—एकै ठाउँमा भेला भई
दिवंगत आत्माको शान्तिको लागि श्रद्धाञ्जली दिनेछौँ
र युवापुस्ताको तर्फबाट “भ्रष्टाचार विरुद्धको दृढ प्रतिवद्धता” व्यक्त गर्नेछौँ।
हामी नै Gen Z पुस्ता हौँ—हाम्रो आवाज, हाम्रो भविष्य!
तपाईँको उपस्थिति हाम्रो लागि मात्र होइन, नेपालको भविष्यका लागि महत्वपूर्ण हुनेछ।
🙏 नेपालका आत्माहरूलाई श्रद्धाञ्जली र भ्रष्टाचारमुक्त भविष्यका लागि हाम्रो संकल्प 🙏