दक्षिण कोरियामा नेपाली क्रिकेटको उत्साह थप्दै तेस्रो एमसीसी कप–२०२६ क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बर ६ तारिख आयोजना हुने भएको छ। मोप्पो साम्हो साझा चौतारी नेपाल, दक्षिण कोरिया र मोप्पो क्रिकेट क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगितामा दक्षिण कोरियाका विभिन्न क्षेत्रका १२ नेपाली क्रिकेट टोली सहभागी हुँदैछन्।
प्रतियोगिताका खेलहरू पोल ‘ए’ र पोल ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। पोल ‘ए’ मा Daebul United CC, Gunsan N. CC, Samho N. CC, Mokpo CC, Royal Buddha CC र Jeonju United CC लगायतका टोली प्रतिस्पर्धामा रहनेछन् भने पोल ‘बी’ मा Sudurpaschim Royal, Gimje Brotherhood, Gwangju N. CC, Himalayan Tiger CC, Jeongeup N. CC र Daegu Thunders लगायतका टोलीले प्रतिस्पर्धा गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताका खेलहरू 전남 영암군 삼호읍 소등공원2길 4 (영암소방서옆) र 전남광주 영암군 삼호읍 산호리 281-13 मा सञ्चालन हुनेछन्। बिहानैदेखि सुरु हुने खेलहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू अन्ततः एमसीसी कप–२०२६ को उपाधिका लागि फाइनलमा भिड्नेछन्।
“सुख–दुःख, खेलकुद र मनोरञ्जनको संगालो” भन्ने मूल भावनासहित आयोजना हुन लागेको प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली क्रिकेटप्रेमीहरूबीच खेलकुद, भाइचारा र आपसी एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।