दक्षिण कोरियामा रहेका नेपाली समुदायको हकहित, एकता र साझा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरिया र सिओल स्थित नेपाली राजदूतावास बीच मे २२ तारिखका दिन सौहार्दपूर्ण भेटघाट तथा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
राजदूतावास परिसरमा सम्पन्न उक्त भेटघाटमा कोरियावासी नेपाली समुदायका समसामयिक विषय, आपसी सहकार्य, समन्वय तथा आगामी दिनमा संयुक्त रूपमा अगाडि बढ्ने रणनीतिबारे सकारात्मक र गहन विचार–विमर्श भएको बताइएको छ। छलफलका क्रममा एनआरएनए दक्षिण कोरियाले संस्थामार्फत सञ्चालन हुँदै आएका विभिन्न सामाजिक, श्रमिक, विद्यार्थी, सचेतनामूलक तथा समुदाय केन्द्रित कार्यक्रमहरूको विस्तृत जानकारी राजदूतावाससमक्ष प्रस्तुत गरेको थियो।
त्यसैगरी, आगामी दिनमा नेपाली समुदायको हितलाई केन्द्रमा राख्दै दूतावास र एनआरएनएबीच सहकार्य, सहमति तथा आपसी समन्वयलाई अझ प्रभावकारी बनाउँदै लैजाने विषयमा दुवै पक्ष सकारात्मक देखिएको जनाइएको छ। नेपाली श्रमिक, विद्यार्थी तथा अन्य प्रवासी नेपालीहरूले भोगिरहेका विविध समस्याहरू समाधान गर्न संयुक्त पहल आवश्यक रहेको विषयमा समेत छलफल केन्द्रित भएको थियो।

भेटघाटकै अवसरमा एनआरएनए दक्षिण कोरियाको तर्फबाट कोरियावासी नेपालीहरूका सरोकारसँग सम्बन्धित विभिन्न समसामयिक विषय समेटिएको विशेष ज्ञापनपत्र कार्यबाहक राजदूतसमक्ष बुझाइएको थियो। उक्त ज्ञापनपत्रमा नेपाली समुदायका हकहित, सुरक्षा, सेवा-सुविधा तथा संस्थागत सहकार्यसँग सम्बन्धित महत्वपूर्ण विषयहरू समावेश गरिएको बताइएको छ।
कार्यक्रम सकारात्मक, सौहार्दपूर्ण तथा उपलब्धिमूलक वातावरणमा सम्पन्न भएको जनाउँदै दुवै पक्षले आगामी दिनमा पनि नेपाली समुदायको हितका लागि निरन्तर सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, दूतावास र एनआरएनएबीचको यस प्रकारको समन्वय र सहकार्यले दक्षिण कोरियामा रहेका नेपालीहरूको समस्या समाधान, आपसी एकता तथा सामुदायिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।