“विश्वका मगरहरू एक होऔँ” भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल मगर संघ, गणतन्त्र कोरिया मोक्पो-छल्लादो शाखाले आफ्नो वार्षिक साधारण सभा आगामी १ मार्च २०२६ मा आयोजना गर्ने भएको छ।
कार्यक्रममा विगत एक वर्षको सांगठनिक गतिविधि तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी कार्ययोजना र संस्थागत सुदृढीकरणबारे महत्वपूर्ण छलफल हुने बताइएको छ।
यस वर्षको साधारण सभालाई अझ विशेष बनाउँदै शाखाले-विगत एक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने पदाधिकारीलाई विशेष सम्मान, समुदायका एक जना विशिष्ट अग्रज व्यक्तित्वलाई सम्मान, तथा मगर समुदायको महान पर्व माघे (माघे सङ्क्रान्ति) कार्यक्रम सफल बनाउन उल्लेखनीय सहयोग गर्ने सहयोगी व्यक्तित्वहरूलाई कदर-सम्मान गर्ने कार्यक्रमसमेत समावेश गरेको छ।
यो सम्मान कार्यक्रमले संस्थामा समर्पण, नेतृत्वदक्षता र सामुदायिक योगदानलाई उच्च मूल्यांकन गर्दै नयाँ ऊर्जा र प्रेरणा थप्ने अपेक्षा गरिएको छ।
विदेशी भूमिमा रहेर पनि भाषा, संस्कृति र पहिचान जोगाउँदै सामुदायिक एकतालाई मजबुत बनाउँदै आएको शाखाको यो साधारण सभा केवल औपचारिक कार्यक्रम मात्र नभई एकता, सम्मान र भविष्यको मार्गनिर्देशनको साझा उत्सव बन्ने विश्वास लिइएको छ।
आयोजकले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गरेको छ।
कार्यक्रमको बारेमा
मिति: १ मार्च २०२६
स्थान: 전남 영암군 삼호읍 대불주거 3로 국립목포대학교 신해양산업단지 캠퍼스 김유진홀
समय: बिहान ११ बजे