सुदूरपश्चिमको कञ्चनपुर जिल्ला अन्तर्गत बेलौरी नगरपालिका–५ निवासी ३५ वर्षीय दीपक चौधरी दक्षिण कोरियामा सम्पर्कविहीन भएका छन्। विगत आठ वर्षदेखि रोजगारीका सिलसिलामा कोरियामा रहँदै आएका चौधरी फेब्रुअरी २० तारिख दिउँसो १:२० बजेदेखि अचानक सम्पर्कबाहिर भएका हुन्।
उहाँ छुङ्छङनाम्दो प्रान्तको थाङजिन क्षेत्रमा कार्यरत थिए। परिवारका अनुसार त्यस दिनपछि उहाँको मोबाइल, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट सम्पर्क हुन सकेको छैन।
घटनाको जानकारी पाएलगत्तै परिवार तथा आफन्तजनले खोजी कार्यलाई तीव्र बनाएका छन्। स्थानीय कोरियन प्रहरी कार्यालयमा औपचारिक उजुरी दर्ता गरिसकिएको छ र प्रहरीमार्फत खोजी प्रक्रिया अगाडि बढाइएको बताइएको छ। तर, हालसम्म उहाँको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।
आठ वर्षदेखि परिश्रम गरेर परिवारको भविष्य निर्माणमा जुटेका दीपक अचानक सम्पर्कविहीन भएपछि परिवार मात्र होइन, कोरियामा रहेका नेपाली समुदायसमेत स्तब्ध बनेका छन्। घरपरिवार यतिबेला गहिरो चिन्ता, आशा र प्रतीक्षामा छ।
यस संवेदनशील अवस्थामा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खोजी कार्यमा सक्रिय सहयोग गरिदिन हार्दिक अपिल गरिएको छ। कसैलाई उहाँसम्बन्धी कुनै पनि सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित सम्पर्क व्यक्तिलाई तुरुन्त जानकारी गराइदिन अनुरोध गरिएको छ।
सामाजिक सञ्जालमार्फत यो सूचना व्यापक रूपमा सेयर गरी एक जीवनको खोजीमा हातेमालो गरिदिन सबैमा भावुक आग्रह गरिएको छ।
सम्पर्क व्यक्ति: ईन्द्र चौधरी (गाउँले) – 010-99480128