दक्षिण कोरियाको अग्रणी वित्तीय संस्था सिन्हान बैंकले विदेशी नागरिकहरूलाई लक्षित गर्दै सुरु गरेको कम–ब्याजदरको विशेष ऋण सेवाप्रति पछिल्लो समय उल्लेख्य आकर्षण बढ्दै गएको छ। केही महिना अघि औपचारिक रूपमा लागू गरिएको यस योजनाबाट लाभ लिने नेपालीसहित विभिन्न देशका श्रमिक तथा पेशेवरहरूको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको बैंक स्रोतले जनाएको छ।
कोरियामा श्रम, पेशागत तथा स्थायी आवासीय भिसामा बसेर काम गरिरहेका विदेशीहरूको आर्थिक आवश्यकता र दीर्घकालीन स्थायित्वलाई ध्यानमा राखी ल्याइएको उक्त योजनाअन्तर्गत योग्य सेवाग्राहीले अधिकतम २० मिलियन वन (करिब २० लाख नेपाली रुपैयाँ) सम्म ऋण सुविधा लिन सक्ने व्यवस्था गरिएको छ। आकस्मिक खर्च, पारिवारिक जिम्मेवारी, साना व्यवसायिक योजना वा व्यक्तिगत आवश्यकताहरू पूरा गर्न यो ऋण सेवा प्रभावकारी सावित हुँदै गएको बताइन्छ।
यस योजनाअन्तर्गत ऋणको ब्याजदर ९.६९ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म निर्धारण गरिएको छ। E-9, E-7, F-2 तथा F-5 भिसाधारी विदेशी नागरिकहरू यस सेवाका लागि योग्य हुनेछन्। ऋण लिन चाहने सेवाग्राहीले कम्तीमा एक महिनाअघि सिन्हान बैंकमा खाता खोलेको हुनुपर्ने र सो अवधिमा न्यूनतम ६ लाख वन बराबरको कारोबार भएको हुनुपर्नेछ।
विदेशी नागरिकहरूको वास्तविक आवश्यकता केन्द्रमा राखेर ल्याइएको सिन्हान बैंकको यो कम–ब्याज ऋण तथा समावेशी बैंकिङ सेवा हाल दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायका लागि भरपर्दो, सुरक्षित र विश्वासिलो आर्थिक विकल्पका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
यसैबीच, सिन्हान बैंकले विद्यार्थी भिसा (D-2, D-4) तथा शरणार्थी भिसामा(G-1) रहेका विदेशी नागरिकहरूको बैंकिङ पहुँच विस्तारमा समेत ध्यान दिँदै आएको छ। यी भिसाधारी विदेशीहरूले पनि सिन्हान बैंकमा खाता खोल्न, रकम जम्मा–निकासा गर्न, ट्रान्सफर सेवा लिनुका साथै दैनिक बैंकिङ ट्रान्जेक्सन रकमको सीमा आवश्यकता अनुसार सहज रूपमा बढाउन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। यस पहलले कोरियामा अध्ययनरत विद्यार्थी तथा विशेष परिस्थितिमा रहेका विदेशी नागरिकहरूको दैनिक आर्थिक व्यवस्थापनलाई थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
विगतदेखि नै कोरियामा रहेका विदेशी समुदाय, विशेषतः नेपाली श्रमिक र पेशेवरहरूको बैंकिङ पहुँच विस्तार गर्न सक्रिय भूमिका खेल्दै आएको सिन्हान बैंकले बैंकिङ खाता सञ्चालन, अन्तर्राष्ट्रिय रकम पठाउने सेवा, वित्तीय परामर्श तथा विभिन्न सहुलियतपूर्ण कार्यक्रममार्फत सेवा प्रदान गर्दै आएको छ। नयाँ ऋण योजनामार्फत विदेशी समुदायको आर्थिक सुरक्षा र आत्मनिर्भरता अझ सुदृढ हुने बैंकको विश्वास छ।
यस ऋण सेवासम्बन्धी विस्तृत जानकारी, योग्यता मूल्याङ्कन तथा आवेदन प्रक्रियाका लागि सिन्हान बैंकको केन्द्रीय कार्यालयमा कार्यरत नेपाली प्रतिनिधि तथा सहायक म्यानेजर हेमलता शर्मासँग प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ।
सम्पर्क नम्बर: 010-8857-5857