दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजको १९ औँ साधारण सभाबाट ओम बहादुर साउदको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। हालै सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि समाजलाई अझ संगठित, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष ओम बहादुर साउदले प्रवासमा रहेका सुदूरपश्चिमेली नेपालीहरूको एकता, हकहित र आपसी सहकार्यलाई संस्थाको प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक, सांस्कृतिक तथा आपतकालीन सहयोगका क्षेत्रमा समाजको भूमिका अझ सशक्त बनाउँदै प्रवासी नेपालीहरूको साझा आवाजका रूपमा संस्थालाई स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा टंकेश्वर खडका, उपाध्यक्षहरूमा कमल बिष्ट र लक्ष्मण साउद चयन भएका छन् भने महासचिवमा भोज चन्द, महिलातर्फ सचिवमा सन्ध्या दुलाल शर्मा, सचिवहरूमा गणेशराज जोशी र ललित लोथ्याल, कोषाध्यक्षमा टेकबहादुर थापा (भोटे) तथा सह–कोषाध्यक्षमा रविन नाथ चयन भएका छन्।
यसैगरी जिल्ला संयोजकका रूपमा बाजुराबाट योगेन्द्र बम, दार्चुलाबाट डि.बी. भट्ट, अछामबाट सुशील साउद, कैलालीबाट गौरव रावल, डडेलधुराबाट हर्क बहादुर मल्ल, डोटीबाट रमेश भण्डारी, बैतडीबाट कैलाश जोशी तथा कञ्चनपुरबाट नवीन भट्ट चयन भएका छन् भने सदस्यहरूमा योगेश बोहरा, महेश बोहरा, लक्ष्मण साउद र रमेश अधिकारी चयन भएका छन्।
गत जनवरी १८ तारिख आइतबार दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न १८ औँ अधिवेशन तथा साधारण सभाबाट नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको थियो। निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया तथा औपचारिक कामकारबाही भने बिहीबार सम्पन्न भएको समाजले जनाएको छ।
नयाँ नेतृत्व चयनसँगै सुदूरपश्चिम समाज दक्षिण कोरियाले प्रवासमा रहेका सुदूरपश्चिमेली नेपालीहरूको साझा हित, पहिचान र अधिकारका सवालमा अझ सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।


