सौल। कोरियाको देगुमा प्रथम गोर्खाली फुटसल टुरनमेन्ट कपको आयोजना हुने भएको छ। गोर्खाली एफ सी ख्योंग्सानको आयोजनामा हुने फुटसल टुरनमेन्ट कप जुन ५ गते हुने भएको हो । टुरनमेन्टमा सहभागी हुन चाहने टिमले यहि मई २८ तारिख सम्म टीम दर्ता गरि सक्नुपर्ने र टिम दर्ता शुल्क ३ लाख कोरियन वन रहेको छ।
प्रथम पुरस्कार ३० लाख वन,दोस्रो पुरस्कार १५ लाख वन, ट्रफी, मेडल, सर्टिफिकेट, उत्कृष्ट खेलाडीलाई १ लाख वन लगायतको पुरस्कार रहेको छ। बेस्ट प्लेयरलाई १ लाख वन र बेस्ट गोलकिपर १ लाख वन, सबै भन्दा धेरै स्कोर ल्याउनेलाई १ लाख वन र ट्रफि प्रदान गरिने आयोजकले नंया दैनिकीलाई बताएको छ।

प्रकाशित मिति:
शनिबार, जेठ ७, २०७९, १२:५७:००