नुवाकोट
नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोट जिल्ला वडा नं ७ कमिटी सचिव प्रकाश भण्डारीले राजिनामा दिने भएका छन्। वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडा नम्बर ७ बाट स्थानीय तहमा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको भन्दै नैतिकताको आधारमा राजिनामा दिने बताए।
स्थानीय तहमा प्रमुख पद र वडामा पनि जित्न नसकेको तथा अपेक्षित नतिजा प्राप्त नभएको भन्दै पार्टीको तर्फबाट नैतिक जिम्मेवारी लिदै सचिव पदबाट राजिनामा दिएको बताए ।
२०७४ सालमा बेलकोटगढी नगरपालिका एमालेको नेतृतवमा नगरपालिकासहित थुप्रै स्थानीय वडा तहमा जित हासिल गरेको एमालेले यो पटक बेलकोटगढी नगरपालिकाको ४ वटा वडामा मात्र जीत दर्ता गराएको छ।
प्रकाशित मिति:
शनिबार, जेठ ७, २०७९, १२:३०:००