सौल। नेपाली जनसम्पर्क समिति कोरियामा आवद्द भएर स्वदेश फर्केका युवाहरु स्थानीय निकायमा निर्वाचित भएका छन्। दक्षिण कोरियामा रहदा कोरियाको नेपाली समाजमा सक्रिय रहेका युवाहरु नेपालमा फर्केर आफ्नो क्षेत्रमा सक्रिय रहेका थिए भने गत बैशाख ३० गते सम्पन स्थानिय निकायमा उमेद्वारी दिएका थिए। उनीहरु विभिन्न स्थानीय निकायमा निर्वाचित भएका हुन्। नेपाली जनसम्पर्क समिति कोरियाका सस्थापक सल्लाहकार तथा कोरियामा परिचित समाजसेवी बम प्रसाद लावती पाचथरको कुम्मायक गाउपालिकाकोअध्यक्ष ,जनसम्पर्क समिति कोरियाका पुर्व कोषाध्यक्ष जनक पुन रोल्पाको रुण्टिगढी गाउपालिकाको अध्यक्ष, जनसम्पर्क समिति कोरियाका पुर्व महामत्री प्रकाश ओली प्युठानको माण्डवी गाउपालिका वडा न २ को अध्यक्ष त्यस्तै जनसम्पर्क समिति कोरियाका पुर्व क्षेत्रीय सभापति चिरन्जीवी कार्की खोटाङ्गको रावाबेंसी गाउपालिका वडा न ६ को अध्यक्ष निर्वाचित भएका हुन्।

यसै बीच जनसम्पर्क समिति कोरियाले विभिन्न पदहरुमा निर्वाचित प्रतिनिधीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। समितिले निर्वाचित सबैलाई जनसम्पर्क समिति कोरियामा लामो समय क्रियाशिल रहेर योगदान गरि फर्केर स्थानीय निकायमा निर्वाचित भएकोमा खुसि व्यक्त गरेको हो। कोरिया लागयत विभिन्न मुलुकमा रहेर फर्केका युवाहरु यसपटकको स्थानीय निकायमा निर्वाचित हुनेको सख्या ठुलो रहेको बताइएको छ।
प्रकाशित मिति:
शनिबार, जेठ ७, २०७९, ११:०७:००