सौल /दक्षिण कोरियामा कोरियामा २५६६ औ बुद्द जयन्ती भव्यताका साथ मनाइएको छ। जिहेंग स्थित नागार्जुन गुम्बामा बिशेष पुजा पाठ सहित बुद्द जयन्ती मनाइएको नेपाल बौद्द परिवारका अध्यक्ष गुरु पेमा कुन्सांङ्गले नंया दैनिकीलाई बताउनुभएको छ।


गुरु कुन्सांङ्गका अनुसार नेपाल बौद्द परिवार कोरियाको आयोजनामा सम्पन्न बुद्द जयन्ति समारोहमा नेपाली मौलिक चिया,सेल रोटि देखि नेपाली परिकार सहित भव्य रुपमा बुद्द जयन्ति मनाईएको हो। सो अवशरमा कोरियन बौद्द धर्मलाम्बिहरु सहित लामा गुरु ज्युहरुको समेत उपस्थिति रहेको र उहारुले नेपाली परिकार र सत्कारलाई मन पराएका थिए।

गुरु कुन्सांङ्गले उपस्थित सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै देश बिदेशमा रहनुभएका सबैमा बुद्द जयन्तीको अवशरमा सुख -शान्तिको कामना गर्नुभएको छ।




प्रकाशित मिति:
बिहिबार, जेठ ५, २०७९, ०९:००:००