अन्जली तामांग /सौल। तेस्रो बुद्व जयन्ती फुटसल टुरनमेन्ट कपको आयोजना स्थलको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ। तामांग घेदूङ्ग दक्षिण कोरिया ख्यंग्सान बुसानको आयोजनामा मई को १५ तारिख हुने बुद्व जयन्ती फुटसल टुरनमेन्ट कपको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष धनराज दिम्दुंग तामाङ्गले नया दैनिकीलाई बताउनु भएको छ। उहाले कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई उपस्थित भएर कार्यक्रम सफल बनाउन हार्दिक अपिल गर्नुभएको छ। उक्त स्थलमा नेपालको नबिल बैंकको सबै सेवा प्राप्त गर्न सकिने छ। नबिल बैंक ,सनराइजको सेवा, सेयर सम्बन्धी सम्बन्धी सबै सेवा प्राप्त गर्न सकिने बताईएको छ।
प्रथम पुरस्कार ३० लाख वन,दोस्रो पुरस्कार १८ लाख वन, ट्रफी, मेडल, सर्टिफिकेट, उत्कृष्ट खेलाडीलाई १० लाख वन लगायतको पुरस्कार रहेको छ। त्यस्तै उत्कृष्ठ खेलाडी र गोल हान्नेलाई ७५ हजार वन र ट्रफि प्रदान गरिने बताईएको छ।
यस्तो छ खेल तालिका

प्रकाशित मिति:
शुक्रबार, वैशाख ३०, २०७९, १७:५३:००