नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले गोर्खा जिल्लाको भीमसेन थापा गाउपालिका वडा नम्बर ८ स्थित जागेश्वर उच्च माबिको मतदान केन्द्रमा मतदान गर्नु भयो। स्थानीय निर्बाचनमा नेकपा एमाले संग परिवार दलको तालमेल गरेका ढकालले स्थानीय तहको निर्बाचनले लोकतन्त्रलाई बलियो बनाउनुको साथै विकास निर्माणले तिब्रता पाउने धारणा दिनु भयो। उहाँले निर्बाचन महँगो र अस्वस्थ प्रतिस्पर्धा प्रति चिन्ता ब्यक्त गर्नु भयो।
प्रकाशित मिति:
शुक्रबार, वैशाख ३०, २०७९, १३:२६:००