आदरणीय मतदाताज्यूहरु ,
शान्तिको अभिबादन !
"स्थानीय तहमा हुने भ्रस्टचारको उन्मुलन गरौ : निष्पक्ष नेतृत्व, शुसाशन, तिब्र विकास र पर्यावरणीय सन्तुलनको लागी नेपाल परिवार दल र नेकपा एमालेका उम्मेदवारहरुलाई जिताऔं"
“हामि स्थानीय तह निर्वाचन २०७९ को अन्तिम तयारीमा छौँ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन नेपाल परिवार दल सम्बन्धित सबैमा अनुरोध गर्दछ। स्थानीय तहको निर्बाचन मार्फत निर्बाचित जनप्रतिनिधिहरु नागरिकको दैनिक जीवन संग प्रत्यक्ष सरोकार राख्ने र स्थानीय तहको विकास निर्माणमा केन्द्रित हुने हुदा विवेकको अधिकतम प्रयोग गरि उपयुक्त उम्मेदवारलाई मतदान गर्न हामि आम मतदातामा अपिल गर्दछौं। अहिले निर्बाचनको प्रमुख प्रतिस्पर्धामा एकातर्फ अस्पष्ट नीति तथा कार्यक्रम भएको सरकारी गठबन्धन छ भने अर्कोतिर स्थानीय विकासमा लोकप्रियता हासिल नेकपा एमाले देखिएको छ। नेपाल परिवार दलले दर्जनौ स्थानमा नेकपा एमाले संग तालमेल गरि आफ्ना उम्मेदवार उठाएको छ भने कैयौं स्थानमा एक्लै प्रतिस्पर्धामा छ।आगामी पाँच बर्ष नेपालको विकास निर्माणमा कोशे ढुंगा साबित गर्न नेपाल परिवार दलका उम्मेदवारलाइ साँचो चिन्हमा मतदान गर्न र नेकपा एमाले संगको तालमेल भएका वा परिवार दलले छुटै उम्मेदवार नउठाएका स्थानहरुमा सुर्य चिन्हमा मतदान गर्नु हुन हामि सम्पूर्ण कार्यकर्ता, सुभेच्छुक तथा आम मतदातामा हार्दिक अनुरोध गर्दछौं। एउटा देशको लागि पाँच बर्षको समय धेरै लामो र महत्वपुर्ण हुनेहुदा नेकपा एमाले र परिवार दलका उम्मेदवारलाई मतदान गरि यो अमुल्य समय देश निर्माणमा पूर्ण समर्पित गर्न पनि हामि बिनम्र अनुरोध गर्दछौ। विकास निर्माणमा असफलहरुका वाकस खाली गरौ - सक्षमलाई मतदान गरौँ - आफ्नो भबिश्य आफै निर्माण गरौँ।“
धन्यबाद
भवदीय,
एकनाथ ढकाल
अध्यक्ष
नेपाल परिवार दल
मिति: बैशाख २७, २०७९
प्रकाशित मिति:
मंगलबार, वैशाख २७, २०७९, १८:३७:००