काठमाडौं
यतिबेला देशैभरी स्थानीय निकाय चुनावको चुनावी सरगर्मी चरम सीमामा पुगेको छ जिल्लाजिल्लामा टोल टोलमा चुनावी नारा, भाषणहरु देख्न सुन्न पाइन्छ । त्यस्तै विभिन्न पार्टीका उम्मेदवारहरुकाे चर्चा पनि दिनप्रतिदिन चुलिएको छ यसै सेरोफेरोमा नेपाल कम्युनिस्ट पार्टी एमालेले नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ७ बाट गेहेन्द्र बहादुर न्यौपानेलाई वडाअध्यक्षको उम्मेदवार बनाएपछि उनको पनि चर्चा चुलिएको छ ।
विगत ४० बर्ष अघिदेखि नै सक्रिय राजनीतिक यात्रा सुरु गरेका न्याैपानेले साविकको दुईपीपल गाविसमा एक कार्यकाल अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन ।
उनी गत स्थानीय निकाय चुनावमा नेपाली कांग्रेसका उम्मेद्धार हेमनिधी नेपाल संग थोरै मतान्तरले उपविजेता भएका थिए।
अबको स्थानीय निकाय को चुनावपछि जनताबाट नेतृत्व गर्ने अवसर पाएमा बेलकोटगढी ७ नं वडालाई जिल्लाकै नमुना वडा बनाउने योजना रहेको बताउनु भयो त्यस्तै शिक्षा, स्वास्थ्य खानेपानी लगायतका आधारभूत जनताको मौलिक हक पूरा गर्ने उनको प्रतिबद्धता छ।
एक अनुभवी व्यक्तिके नेकपा एमाले पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी पाएपछि वडा नं ७ बासी जनता खुसी रहेकाे साेहि वडा जिल्ला कमिटी सचिव प्रकाश भण्डारीले बताउनुभयो ।
एमाले पार्टी प्रति ७ नम्बर बासी जनताको माया र विश्वासको कारण दिनदिनै जनलहर बढिरहेको र न्यौपानेको टिम सहित सिंगो बेलकोटगढी नगरपालिकाको जित सुनिश्चित भईसकेको जानकारी दिए । साथै हामीले यस अघि कार्यपालिका सदस्य भएर काम गरि सकेको र शिक्षित , अनुभवी र स्पष्टवक्ता लागि वडा अध्यक्ष बनाउन पाउदा पार्टीको गरिमामय र ऐतिहासिक निर्णय समेत भएको भण्डारीले बताउनुभयो ।
प्रकाशित मिति:
मंगलबार, वैशाख २७, २०७९, ०९:१२:००