बन्दिपुर । बन्दिपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधानले ‘हाम्रो बन्दीपुर राम्रो बन्दीपुर’को नारा लिएर बन्दीपुरलाई देशको उत्कृष्ठ पर्यटकीय स्थानको रुपमा परिवर्तन गर्ने योजना अगाडि सारेका छन् । प्रधानले पर्यटकीय क्षेत्रको रुपमा विकासको लागि बन्दीपुर भ्रमण वर्ष कार्यक्रम २ वर्षभित्र संचालन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
त्यस्तै, पर्यटकीय क्षेत्रलाई स्थानीय जनताको जीवनसँग जोड्ने कार्यक्रमहरु संचालन गर्ने, सांस्कृतिक महत्व तथा पर्यटकीय सम्भावना बोकेका स्थानहरुको संरक्षण, पूर्वाधार निर्माण तथा अन्य सम्भावीत पर्यटकीय गन्तब्यको निर्माण गर्ने, स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न होमस्टे संचालन गर्ने तथा मौलिक सस्कृति, खानपिन रहनसहन तथा सूचनाहरु सम्प्रेषण गर्ने एजेन्डा पनि उनको रहेको छ ।
प्रधानले डुम्रे बजारलाई ब्यापारिक बजारको रुपमा विस्तार तथा विकसित गरि तनहुँ, लमजुङ र गोरखाको ब्यापारिक केन्द्रविन्दु बनाउने प्रतिबद्धता पनि जनाएका छन् । प्रधानले बन्दीपुरलाई देशकै सुन्तला खेतीको मेरुदण्डको रुपमा विकसित गर्ने पनि योजना अगाडि सारेका हुन ।
सिद्ध गुफालाई विश्वकै आर्कषित, मनमोहक तथा पर्यटकीय हिसावले पच्चुर सम्भवाना बोकेको स्थलको रुपमा सम्भार तथा विकसित गराई स्वदेशी पर्यटकहरु भ्रमण गराउन पहल गर्ने योजना प्रधानको छ ।
त्यस्तैगरि, बन्दीपुर गाउँपालिकालाई सुखी, समृद्ध र भष्ट्राचारमुक्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै प्रधानले आफु विजयी भएसँगै भ्रष्टाचारमुक्त अभियान संचालन गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
बन्दीपुरमा सबै क्षेत्रमा समानुपातीक ढंगले विकासको लहर ल्याउन आवश्यक रहेकोमा जोड दिर्दै उनले विगतमा पीडित, पक्षपात र भेदभावपूर्ण काम भएकाले यो पटक नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनुको विकल्प छैन भनेर मतदाता लागिपरेको बताए ।
आम मतदाता कहिले ३० गते आउँला र धुव्रलाल प्रधान तथा कांग्रेसका उम्मेदवारलाई मत हालौला भनेर आत्तुर हुनुहुन्छ, उनले भने । नेपाली कांग्रेसले अहिलेसम्म बन्दीपुरमा स्थानीय तहको चुनाव नजितेको अवस्थामा यो पटक बन्दीपुरबासीमा नेपाली कांग्रेस र कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्छ भन्ने भावना भएकाले आम सर्वसाधारणले आफुलाई रोजेको बताए ।
अन्य पार्टी र उम्मेदवार भन्दा मैले केहि गर्न सक्छ, पुरानो पार्टी हो, कांग्रेसमा सबैभन्दा अनुभवी ब्यक्ती हो, सबैलाई मान्य हुने साझा ब्यक्ती हो तथा विभिन्न संघसंस्थामा काम गरेको ब्यक्ती पनि भएको भनेर मलाई रोजेका हुन्, उनले थप्दै भन्नु भयो । कांग्रेसले विनाभेदभाव हरेक जनताको घरैलोमा विकास पुर्याउँने, हरेक जनताको समस्या बुझ्ने, समस्यामा साथ दिने, जनताको इच्छा, चाहाना र भावनाअनुसार विकास कार्यलाई अगाडि बढाउँने बताउने पनि बताए ।