काभ्रे। यहि बैशाख ३० गते हुने स्थानीय चुनावमा काभ्रे जिल्लामा पनि चुनावको राप ताप झन् बढेको छ। स्थानिय सरकारको प्रनिनिधी छान्ने अवशर भएकोले पनि मतदाताहरु पक्ष र बिपक्षमा खुल्दै गएका छन्। काभ्रे जिल्लामा मुख्य गरेर नेकपा एमाले र नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धन बीच मुख्य प्रतिस्पर्धा भईरहेको छ। काभ्रेमा सधै चर्चामा आउने तेमाल गाउपालिका र त्यसभित्र पनि वडा न ७ मा नेपाली कांग्रेसका उम्मद्वार तथा समाजसेवी इन्द्र लाल तामाङ्ग (पुर्ण) को जित सुनिश्चित देखिएको छ। नेपाली कांग्रेसको पकड रहेको वडा न ७ मा अहिले पनि नेपाली कांग्रेसबाट नै बिजयी भएका ज्ञान बहादुर तामाङ्ग अध्यक्ष रहेका छन्।

यसपटक पहिले भन्दा पनि नेपाली काङ्ग्रेस प्रति जनताको भरोसा बढेकोले जित सुनिस्चित रहेको नेपाली काग्रेस वडा समिति सदस्य राजु तामाङ्गले बताएका छन्। अहिलेका कांग्रेसका उम्मेद्वार इन्दलालको सामाजिक र राजनीतिक योगदानले पनि उनको जित निश्चित देखिएको उनको दावी छ। २०५१ सालमा नेपाली काग्रेसको साधारण सदस्यता र २०५३ सालमा क्रियाशील सदस्यता लिएका उनले यसघि पनि भुकम्पको समयमा सबै गाउबासीलाई राहत सामाग्री बाडेका थिए। विभिन्न सामजिक संघ सस्थामा आवद्द उनि काभे रेडक्रसको सदस्य पनि भईसकेका छन्।

प्रकाशित मिति:
शनिबार, वैशाख २४, २०७९, ११:५२:००