काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी एमालेले चैत्र ३० गते गरिएको सहमति अनुसार तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ।
महासचिव शंकर पोखरेलले जिल्ला इन्चार्ज र अध्यक्षहरुलाई पठाएको पत्रमा राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन दिइएको छ।
स्थानीय चुनावमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दल र चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग पनि सहकार्य गर्न एमालेले निर्देशन दिइएको छ।पार्टीको प्रभाव र अवस्था हेरेर आ-आफ्नो कार्यक्षेत्रमा आवश्यक अनुसार सहमति कार्यान्वयन गर्न महासचिव शंकर पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गरेका छन्।
प्रकाशित मिति:
बुधबार, वैशाख ७, २०७९, १६:०६:००