नुवाकोट / नेपाल परिवार दल नुवाकाेट जिल्ला कमिटीले आज नुवाकाेट विदुरमा एक कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम समपन्न गरेकाे छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री तथा नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एक नाथ ढकाल, विशिष्ट अतिथि दलका महामन्त्रीद्वय सन्ताेष कुमार पाैडेल, प्रकाश बाबु थापा, अतिथिहरुमा पिस फाेर्सका केन्द्रीय अध्यक्ष तथा दलका केन्द्रीय सदस्य रविन्द्र चाैलागाई, ढुण्डिराम खनाल, जितेन्द्र श्रेष्ठ लगएतको आतिथ्यतामा सम्पन्न भएकाे थियो ।
कार्यक्रममा विशेष सम्बाेधन गर्नु भएका नेता ढकालले पुराना दलहरुकाे आयु सकिएकाे बताउदै उनिहरुले गर्न सक्ने जति काम गरिसकेकोले अब याे भन्दा धेरै आशा गर्न नहुने र पुरानाे विचारले कहिल्यै नयाँ युगकाे नेतृत्व गर्न नसक्ने ठाेकुवा गर्नुभयो । नेता ढकालले बिकासकाे साधक हनुपर्ने नेताहरुनै बाधक बनेकोले स्थानीय तहमा अपेक्षा अनुसारको विकास निर्माण हुन नसकेको बताउनु भयो। अध्यक्ष ढकालत्यसैगरि , देश परिवर्तन गर्ने जिम्मा राजनीतिक नेतृत्वकाे प्रमुख भुमिका रहे पनि वर्तमान अवस्थामा जन्मदर्ता प्रमाण पत्र बनाउन देखि मृत्यु दर्ता प्रमाणपत्र बनाउन समेत भनसुन र कमिसन दिनुपर्ने स्थिति सिर्जना भएकाेले आफूलाई लज्जित महसुस भएकाे कुरा व्यक्त गर्दै पुराना नेताहरुले नितिगत रुपमा नै भ्रष्टाचार गरेर विकृत संस्कार खडा गरी राज्यकाे ढुकुटी सबै पाेल्टामा हालेर दादागिरी मच्चाएकाले अब जनताहरु सचेत भएर नयाँ नेतृत्व चुन्नु पर्ने बताउनु थयाे। साथै सिंहदरबार परिवर्तन गर्नकाे लागि वडा सदश्य देखि नै परिवर्तन गर्नुपर्ने कुरामा जाेड दिदै चाेरहरुलाई साँचाे सुम्पेमा त्यसकाे परिणामकाे बारेमा साेच्न आह्वान गर्नुभयाे। ढकालले आसन्न स्थानीय निर्बाचनमा आफ्नो पार्टीले भाग लिनको लागि ७६ जिल्लाको विवरण निर्बाचन आयोगमा पेश गरेको बताउदै निर्बाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो।
बिशेष अतिथि दलका महामन्त्री सन्ताेष कुमार पाैडेलले पार्टी स्थापना काल देखि नै जनताकाे घर दैलाेमा पुगेर साथ दिएकाले हामिलाई पार्टीको आकारले खासै प्रभाव नपारेकाे बरु जनताहरु बिस्तारै हाम्राे दलमा आकर्षित भएकाे तथ्य बताउनुभयाे। त्यसैगरी मन्तव्यकाे क्रममा अर्का महामन्त्री प्रकाश बाबू थापाले यूवाहरु परिवर्तनकाे संवाहक भएता पनि आजकाे नाजुक परिस्थितिले आफुलाई कहाली लागेकाे र आफू परिवार दलमा आएर सचेत नभएकाे भए विदेशी भुमिमा श्रम बेचेर बस्नु पर्ने कल्पना गर्नुभयाे। अन्य अतिथिहरुले आफ्नाे धारणा राख्ने क्रममा रविन्द्र चाैलागाईले भत्किएका यूवा संस्कारहरुलाई पुनस्थापना गर्न पिस फाेर्स जन्मिएकाे बताएका थिए भने ढुण्डिराम खनालले सबै भन्दा बढि बजेट नुवाकाेट जिल्लामा विनियोजन भएता पनि बाटैमा भ्रष्टचार गरि नुवाकाेटे जनतालाई उनिहरुले अपराध गरेकाेले आक्राेस व्यक्त गर्दै अब आफ्नो भविष्य आफैले काेर्ने दिन आएकाले उच्च नैतिकवान न विकासवादी नेतालाई चुन्नकाे लागि अपिल गर्नुभयो ।
यसका साथै भेलाले पिस फाेर्स नुवाकोट जिल्ला कमिटी गठन गरेकाे छ। अध्यक्षमा अर्जुन मिजार, वरिष्ठ उपाध्यक्षमा विक्रम थापा मगर, उपाध्यक्षमा रिता कुमाल, सचिवमा कुसल श्रेष्ठ, सह- सचिवमा उद्दव अधिकारी, काेषाध्याक्षमा सरस्वती रिजाल, सह- काेषाध्यक्षमा उत्तम राज अधिकारी र जिल्ला सदस्यहरुमा सुजिता अधिकारी,गणेश श्रेष्ठ ,विजय तामाङ ,पुष्पा तामाङ ,पूर्णिमा , संगिता श्रेष्ठ ,दिपासा कुमाल ,सुस्मिता कुमाल ,सरिता कुमाल, सुसक कुमाल लगायत निर्वाचित भएका छन्। परिवार दलकाे दर्शन , नीति र अभियानले एकदमै हृदय छाेएकाले पिस फाेर्समा आबद्द भई सधैभरी रुपान्तरणकाे बाटाेमा लाग्ने पदाधिकारी तथा सदश्यहरुले प्रतिज्ञा गरेका थिए।

उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा सभापतित्व दलका जिल्ला अध्यक्ष शिवकृष्ण श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन पिस फाेर्सका बाग्मति अध्यक्ष दिपक सापकोटाले गर्नुभएकाे थियाे। कार्यक्रममा अध्यक्ष ढकालले दर्जनौ व्यक्तिहरुलाई परिवार दल को सदस्यता वितरण गरेका थिए।
प्रकाशित मिति:
आईतबार, चैत २०, २०७८, ०६:५४:००