अशोक मैनाली । दक्षिण कोरियाको २० औ राष्ट्रपतिमा रुढिवादी (पिपुल पावर)पार्टीका उम्मेद्वार युन सक यल बिजयी भएका छन्। राजनीतिमा कुनै अनुभव नभएका ६१ बर्षीय पुर्व प्रमुख प्रोसेक्युटर युनको बिजयले धेरै सन्देश दिएको छ। उनले 'आकस्मिक' जित निकालेपछि धेरैले गैर-राजनीतिक व्यक्ति पनि कोरियाको राष्ट्रपतिको पदमा पुग्न सक्ने पाठ एकातिर पढाएको छ भने दुई पार्टीहरु सतारुढ दल डेमोक्रेटिक पार्टी र कन्जरभेटिभ पार्टी बिचको घाटी-घाटी प्रतिष्पर्धाले कोरियाको सामाजिक एकताको आवश्यकता गरेको छ। यो निर्वाचनमा ४ दलले भाग लिएको भएपनि मुख्य प्रतिष्पर्धा यिनै दुई दल ठुला दल बिच रहेको थियो। हुनत अन्तिम समयमा आएर झन्डै १० प्रतिशत समर्थन रहेको पिपुल्स पार्टीका उम्मेद्वार आना छल सुले युनलाई समर्थन गरेका थिए।युनको कठिन चुनावी यात्रालाई सहज बनाएको मतपरिणामले प्रमाणित गरेको छ। उनीहरु बिच पार्टी एकिकरण गर्ने सम्मको सम्झौता भएको दावी गरिएको छ। आफ्नो पार्टीका दुई जना पुर्व राष्ट्रपतिहरुले भ्रष्टाचारको आरोपमा जेल जिवन भोगेपछि उक्त पार्टी कमजोर बनेको थियो। युनको आगमन संगै रुढीवादी पार्टीको पनि सत्ता राजनीतिमा पुन उदय भएको छ। कोरोनाबाट थिलो-थिलो भएको अर्थतन्त्र ,अमेरिका ,जापान ,चिन र उत्तर कोरिया संगको कुटनीतिक सम्बन्ध मात्र नभएर अमेरिका र चीन बिच बढ्दो तनावमा उनको नेतृत्वले खेल्ने भूमिकाले कोरियाको आगाडीका दिन र बाटोहरु हेर्न सकिनेछ। उत्तर कोरिया संग तुलनात्मक रुपमा कठोर र अमेरिका संग नरम उनी र उनको पार्टीले भूराजनीतिक संबेदनशीलतालाई 'डिल' गर्न ठुलो चुनौतिको सामना गर्नु पर्नेछ।
ई जे-म्युङको पराजय पछिको जोखिम र उनको राजनैतिक भबिष्य
कोरियाको डेमोक्रेटिक पार्टीले आफ्नो उम्मेदवार ई जे-म्युङको पराजय पछि जोखिमपूर्ण बाटोको सामना गरिरहेको छ।उनि माथी हुन सक्ने सम्भावित अनुसन्धान र राजनीतिक कार्यहरूले दक्षिण कोरियाली राजनीतिमा यसको प्रभुत्वलाई कमजोर पार्न सक्छ। ई का समर्थकहरूले कोभिड -१९ महामारीलाई जित्नको लागि बलियो नेतृत्व र आर्थिक सवलिकरणमा जोड दिएका थिए ,तर धेरै संख्यामा मतदाताहरूले न्याय र निष्पक्षतालाई जोड दिने उम्मेदवारलाई फेरि समर्थन गर्दै युनलाई समर्थन गर्ने निर्णय गरे। राष्ट्रपति मुन जे-इन आफ्ना पूर्ववर्तीहरूको तुलनामा तुलनात्मक रूपमा लोकप्रिय छन्, तर मतदाताहरू उनको प्रशासनको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् भनेर निर्वाचन परिणामले देखाएको । आकाशिएको घर जग्गाको मूल्य ,खस्किएको अर्थतन्त्र र भ्रष्टाचारका आरोपहरू सत्तारुढ दल र मुनले खेपिरहेका थिए। दक्षिण कोरियालीहरूले नीतिगत असफलताबाट निराश महसुस गरेको देखिन्छ। मुनले गलत कार्यहरु रोक्छु भनेर गरेको प्रतिवद्दता पुरा नगरेको र विभिन्न काण्डहरुमा मुछिएका व्यक्तिहरुलाई नियुक्त गरेपछि मतदाताहरु चिढिएको विश्लेषण गरिएको छ। निर्वाचनमा पराजयपछि ईका लागी केही महिना कठिन उनेछ किनकि चुनावको दौडमा उनी विरुद्ध लगाइएका धेरै आरोपहरूको छानबिन हुने लगभग निश्चित जस्तै देखिन्छ।आगामी दिनमा ईले डेजोङ्ग दोङ्ग रियल इस्टेट 'घोटाला'मा मुछिएको बिषयले अझ महत्व पाउने छ। उनि माथी २०१५ मा ख्यगी प्रान्त अन्तर्गत सेओङ्ग्नामको ट मेयर हुँदा गैरकानूनी रूपमा एक सम्पत्ति व्यवस्थापन फर्मलाई परियोजनामा सामेल हुन मद्दत गरेको आरोप लगाइएको छ।
तर उनले आफूमाथि लगाइएका सबै आरोपहरू अस्वीकार गरेका छन् र धेरै अवसरहरूमा यी आरोपहरु गलत र नियोजित भएको बताउने गरेका थिए। ई र उनकी श्रीमती किम हे-क्युङ पनि शक्ति दुरुपयोगको आरोपको सामना गरिरहेका छन्। ईले राष्ट्रपतिको दौडमा प्रवेश गर्नु भन्दा पहिले ख्यंगी प्रान्तको गभर्नरको रूपमा सेवा गरेका थिए। आरोपमा ई र उनकी श्रीमतीले राष्ट्रपतिको चुनावीअभियानलाई समर्थन गर्न प्रान्तीय सरकारको बजेटको दुरुपयोग गरेको र उनीहरूका निजी मामिलामा सहयोग गर्ने कर्मचारीहरू समावेश गरेको लगायत छन्। यी आरोपहरूमा अनुसन्धान पहिले नै देखी नै चलिरहेको छ। युनको विजयले ई र उनका सहयोगीहरूको लागि समस्या निम्त्याउन सक्नेछ। अर्को चिन्ताजनक कुरा त दक्षिण कोरियाली राजनीतिमा बलियो उपस्थिती रहेको डेमोक्र्याटिक पार्टीको भूमिका जोखिममा पर्नेछ। किनकि ईलाई उम्मेदवारको रूपमा अगाडी बढाउन को-को जिम्मेवार रहे भन्ने कुरामा एक आपसमा दोषारोपणको खेल शुरु हुनेछ। पार्टी भित्रका यस्ता समस्याहरुले जुनमा हुने स्थानीय चुनावमा उक्त पार्टीको जितको सम्भावनालाई गम्भीर रूपमा कमजोर पार्न सक्ने छ। राष्ट्रपतिमा जितेको पार्टिले नै स्थानीय चुनावमा प्रभाव जमाउने उदाहरण यसअघि धेरै पटक देखिएको थियो।
केही विज्ञहरूले यसअघि नै डेमोक्र्याटिक पार्टीले हारेको खण्डमा ई प्रतिको आफ्नो निष्ठा त्याग्न सक्छन् भनेका थिए। पार्टीले समस्याग्रस्त इतिहास र अपराधिक पृष्ठभूमि भएका उम्मेदवारलाई समर्थन गर्ने आफ्नो बोझहरुबाट मुक्त हुन सक्छ ।
प्रकाशित मिति:
बिहिबार, फागुन २६, २०७८, १३:२९:००