एजेन्सी ।स्मार्टफोन निर्माता सामसुङले ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यानमा राख्दै रुसमा आफ्ना फोन र चिप बिक्री बन्द गरेको छ।
दक्षिण कोरियाको सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो। यसपछि सबैभन्दा धेरै बिक्री चीनको शाओमी र अमेरिकाको एप्पलले गरेको छ।
‘यस जटिल अवस्थालाई नियाल्ने छन् र त्यसपछि मात्र निर्णय लिनेछन्,’ कम्पनीले भनेको छ।
कम्पनीले रसियामा आफ्ना सामानको बिक्री रोक्नुका साथै युक्रेनमा जारी मानवीय राहत कार्यमा सहयोग गर्न ६० मिलियन डलर सहयोग गर्ने बताएको छ।
प्रकाशित मिति:
सोमबार, फागुन २३, २०७८, १४:०४:००