नेपाल र दक्षिण कोरिया सिधा उडान गर्दै आएको कोरियन एयरलाइन्सको फेबुअरी १४ को उडान स्थगित हुने भएको छ। गत फेबुअरी ७ मा नेपाल देखि दक्षिण कोरिया उडान भरेको कोरियन एयरको उडानमा जाने यात्रुहरुलाई कोरियामा चेकजाच गर्दा ३ जना कोरोनाबाट संक्रमित पाइको हुनाले कोरियन सरकारले सजाय स्वरुप फेबुअरी १४ को उडानलाई प्रतिबन्ध लगाएको छ ।
कोरियन सरकारले केहि हप्ता अगाडि पारित गरेको नयाँ नियम अन्तर्गत एउटा उडानमा ३ जना भन्दा बढि यात्रुमा कोरोना पोजेटिभ देखिएमा उक्त देशको उडानलाई कारबाही स्वरुप १ हप्ता प्रतिबन्ध गरिने भनेको थियो । जस अनुसार कोरियन एयरको फेबुअरी १४ को स्थगित भएको हो। त्यस्तै अर्को उडान भने फेब्रुअरी २१ तारिखमा हुनेछ।
प्रकाशित मिति:
शुक्रबार, माघ २८, २०७८, १४:२६:००