ओमिक्रोनको बढ्दो संक्रमणको साथै नेपाल सरकारले फिल्म हलहरु बन्द गर्ने निर्णयको चपेटामा परेको चलचित्र ‘चपली हाइट ३’ यही फागुनबाट पुनः हलहरूमा लाग्ने भएको छ । निर्माता अर्जुनकुमारले मंगलबार एउटा विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका हुन् ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार चलचित्र यही फागुन १ गते देखि हलहरूमा पुनः प्रदर्शन हुने भएको छ ।
संक्रमण दर क्रमश: घट्दै गएसँगै यही फागुनबाट हलहरू पुनः खोल्न निर्देशन दिएसँगै चलचित्र पुनः रिलिज गर्ने निर्माण टिमले जानकारी दिएको हो ।
निर्माता अर्जुन कुमारले यसलाईं दोस्रो मौकाको रूपमा लिएका छन् । विज्ञप्तिमा भनिएको छ, “आगामी फागुन १ गतेदेखि चलचित्र ‘चपली हाइट ३’ पुनः प्रदर्शन हुने जानकारी गराउँदछौँ र यो मैले दोस्रो मौका पाएको छु । सम्पूर्ण प्रशंसक, मिडियाका साथीहरू तथा शुभ चिन्तकहरूमा सहयोगको अपेक्षा गर्दछु ।”
प्रदर्शनको तीन दिन भित्रै चलचित्रले दर्शकको मन जितेको थियो साथै समीक्षकले चलचित्र रुचाएका कारण माउथ पब्लिसिटीले हलमा दर्शकको चाप बढ्ने आश निर्माण टिमलाई थियो अझै पनि दर्शक आउनेमा आफू र आफ्नो टीम विश्वस्त रहेको निर्माता अर्जुन कुमारको दाबी छ।
विश्वजगतमा ओमिक्रोनको कमी र उक्त देशको नियम खुकुलो भएको खण्डमा दक्षिण कोरिया,दुबई, अष्ट्रेलिया,अमेरिकन लगायत विभिन्न देशमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी गराएका छन्।
निकेश खड्काको निर्देशन रहेको यस क्राइम थ्रिलर चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्, महेश त्रिपाठी, अर्पना थापा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति:
बुधबार, माघ २६, २०७८, ११:४५:००