काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले पूर्वमन्त्री योगेश भट्टराईलाई कारवाही गर्ने चेतावनी दिएका छन् । तत्कालीन पर्यटनमन्त्री भट्टराईले विदेशबाट नेपाली नागरिकको उद्धारका लागि गरिएको प्लेन चार्टरका क्रममा तोकिएको भन्दा ४ गुण बढी भाडा लिएको आरोपसमेत मन्त्री आलेले लगाएका छन् । आलेले कोरिया लगायत बिभिन्न देशमा भएका गुनासाहरुलाई आधार मानेर छाविन गरिएको उनले बताए।
एक टिभी कार्यक्रममा बोल्दै मन्त्री आलेले उक्त विषयमा हाल छानबिन समितिले अध्यायन गरिरहेको बताउँदै उक्त प्रतिवेदन आएपछि दोषी देखिने कसैलाई नछोड्ने बताएका हुन् ।
उनले भनेको छन्, ‘जुन बेला देश कोरोनाले आक्रान्त बनेको थियो, त्यो बेला विदेशमा भएका नेपालीहरु हाम्रा श्रमजीवी मजदुरहरु आफ्नो देश फर्किने बेला पनि भट्टराईले चार्टर्ड फ्लाईटको हवाला दिए । सहसचिव सुरेश आचार्यको संयोजककत्वमा ४ सदस्यीय छानबिन समिति बनाएर विमान कसरी चार्टर्ड गर्ने, कसरी ट्राभल मेनेजमेन्ट गर्ने र भाडा कति लिने भन्नेबारे प्रतिवेदन तयार गरेर स्पष्ट पारेको तर भट्टराईले पेन्डिङमा राखेर सार्वजनिक नगरी लुकाएको यसअघिको प्रतिवेदनले जनाइसकेको छ।’
योगेश भट्टराईको कर्तुतबारे भट्टराईपछि मन्त्रालय सम्हाल्न आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनले नै छर्लंग गरिसकेको मन्त्री आलेले बताएका छन् ।
प्रकाशित मिति:
शनिबार, माघ १, २०७८, १३:१३:००