नेपाल सरकारका परराष्ट्र मन्त्री डा नारायण खड्काले आफुलाई भेट्न पुगेका गैरआवासीय नेपाली संघको २०१९-२०२१ कार्यकालका अध्यक्ष कुमार पन्तलाइ मन्त्रालयको अन्तिम पत्र अनुसार जान निर्देशन दिएका छ्न।
भेटमा सहभागिका अनुसार मन्त्री खड्काले आफु निर्वाचनको पक्षमा रहेको तर त्यस अगाडि परराष्ट्रको निर्देशनलाई सम्बोधन गर्न सुझाव दिएका थिए। अब यस बिषयमा धेरै कुरा गर्नु जरुरी छैन, हामीले पत्रद्वारा नै भनेका छौ। तपाइँको पद भनेको काम चलाउ मात्र हो। त्यसैले तपाइँले गर्ने अधिवेशनलाइ मन्त्रालयले मान्यता दिंदैन, बाटो खोलेर जानुस, मन्त्री डा खड्काले भने।
तपाइ संघको बिधान र नेपाल सरकारको परराष्ट्र मन्त्रालयको गैरआवासीय नेपाली संबन्धि ऐन दुवैको खिलाफमा जानुभयो। न अधिवेशन समयमा गर्न सक्नुभयो न बैधानिक बाटो खुलाएर जानुभयो। उल्टा म र मन्त्रालयको विरुद्धमा मुद्धा गर्न जानुभयो। न तपाइँले सबै पक्षलाई विश्वासमा लिएर गैरआवासीय नेपाली संघको निर्वाचन गर्न सक्नुभयो न त हाम्रो ऐनको पालना नै गर्नुभयो।
मन्त्री खड्काले आफू मन्त्री भएपछि धेरै अध्ययन गरेको र त्यहाँ भएका धेरै विवाद यथावत राखेर गरिने निर्वाचनलाई सरकारले कुनै हातलमा मान्यता दिन नसक्ने हुनाले बाटो प्रसस्त गर्न भनेका थिए। परराष्ट्रले मुख्यतय विद्यार्थीलाई पनि सदस्य बनाएको, प्रतिनिधि छनौट एक तर्फि भएको बारेमा चासो राख्दै आएको छ।
जवाफमा पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको भन्दै आफ्नो बचाउ गरेका थिए। उनले अगामी दिनमा मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेता पनि मुद्धा फिर्ता लिने कुरा भने गरेनन।
हलिवुड खबर
प्रकाशित मिति:
आईतबार, पुस १८, २०७८, २२:२८:००