नयादैनिकी /आर्थिक ब्युरो ,काठमाण्डौ। पछिल्लो समय चिया पसल देखी ठुला ठुला होटेलहरुमा चर्चा र कुराकानीको बिषय बनेको छ - सेयर बजार। कुन कम्पनीको सयर कति बढ्यो -घट्यो देखी लगानी कर्ताले कति कमायो वा कति गुमायो सम्म। तर सेयर लगानी कर्ताहरुबीच त्यो भन्दा पनि अगाडी बढेर सेयर ब्रोकर हाउसहरुको सेवा र सुबिधाको बिषयलाई पनि बहस र छलफलको बिषय बन्न थालिसकेको छ। ब्रोकर हाउसहरुले दिने छिटो र छरितो सेवा लगानी कर्ताहरुको प्राथमिकताको बिषय बनेको छ,जुन स्वाभाविक पनि छ।
ब्रोकर हाउसहरुको छिटो र छरितो सेवाले सेयर बजारमा आकर्षण बढ्ने हुँदा ब्रोकर हाउसहरु पनि सेवा सुबिधालाई समय सापेक्ष बनाउन लागिरहेका छन्। त्यस्तै सेवा सुबिधा बढाउदै र पूर्वाधार बिस्तारमा समेत अब्बल बन्न लागेको ब्रोकर हाउस हो - सुमेरु सेक्युरेटिज। नेपाल स्टक ब्रोकर नम्बर ३९ रहेको सुमेरुले युग सुहाउदो डिजिटल प्रविधीमा आफुलाई अगाडी बढाएको मात्र छैन भौतिक पूर्वाधारमा समेत अब्बल बन्न आफ्नै सुबिधा सम्पन्न अत्याधुनिक भवन बनाएको छ। अत्याधुनिक भवन मार्फत छिटो र छरितो सेवा दिने उदेश्य राखेको छ।
धितोपत्र बोर्डबाट ब्रोकरेज लाइसेन्स पाएका नयाँ कम्पनीमध्ये सबैभन्दा पहिला आफ्नै अत्याधुनिक भवनबाट सेवा दिने पहिलो ब्रोकर कम्पनी बनेको सुमेरु संचालक प्रेम अग्रवालले नयादैनिकीलाई बताए। उनका अनुसार सुमेरु सेवा र सुबिधा मार्फत लगानी कर्ताको मन जित्न लागिपरेको छ।

प्रकाशित मिति:
आईतबार, मंसिर ५, २०७८, ०८:५३:००