सौल। एनआरएनए कोरियाका पुर्व सल्लाहकार तथा नेपाली जनसम्पर्क समिती कोरियाका पुर्व सभापती नवराज सिवाकोटीले गम्भीर प्रश्नहरु उठाएका छन्। सिवाकोटीले निवर्तमान एनआरएनए समिती र निर्वाचन समितीलाई सामाजिक संजाल फेसबुक मार्फत सोधेका ७ प्रश्न यस्ता छन्।
स्मार्ट NRNA को नाममा २/४ जना स्मार्ट हुनेहरुलाइ मेरो प्रश्न ?
आफुले गरेको गल्ती नदोहोर्याउने प्रतिबद्धता गर्ने कि अरुको गल्ती मात्र औंल्याउने?
१. कस्तो निर्वाचन समिति बनाउनु भयो डाटाबेस नै बाहिर निकाल्ने गल्ती निर्वाचन समिति र कार्यसमितिले गर्ने अनि अरुलाई कार्वाही गर्छौ भन्दै हिड्ने ? सिमका नाममा कति अनियमितता गर्नु भयो हिसाब किताब छ ? हामिले हाम्रो कार्डको दुरुपयोग भयो भनेर कानुनी प्रक्रियामा किन नजाने ?
२. निर्वाचन समितीका संयोजकको NRNA मा कति योगदान थियो र संयोजक बनाइयो ? NRNA का संस्थापकहरु र जिम्मेवार पदमा बसेर काम गरेकाहरु लाई यहि चलखेल गर्न संयोजक नबनाईको हो ?
३. NRNA कोरियाको सदस्यीयता हुन कस्तो मापदण्ड बनाइयो ? कुनै पनि डकुमेन्ट नहुनेको कुनै ब्यक्तिले म जिम्मा लिन्छु यो हाम्रो मान्छे हो भनेको भरमा सदस्यीयता approve गर्ने NRNA को आधिकारिक कार्ड प्रयोग गरेकाको reject हुने अन्य देशहरुमा त्यही कार्ड चल्ने कोरियामा नचल्ने ? त्यो कार्ड केका लागि र किन बनाइएको हो घरमा सजाउन वा पुजा गर्न ?
४. सदस्यीयता सबै approve नभई क्षेत्रीय अधिवेशन कसरी भयो ? मतदाताको अन्तिम नामावली प्रकाशित नगरी निर्वाचन प्रक्रिया कसरी सुरु भयो ?
५. उम्मेद्बारी दर्ता गर्ने समय सम्म किन सबैको सदस्यीयता approve भएन ? समयमा approve नभएका साथीहरू उम्मेद्बारी दिन बाट बन्चित किन हुनु पर्यो ?
६. गल्ती आफू गर्ने साझा संस्थालाई निजीकरण गर्ने अनियमितता गर्ने अनि प्रश्न गर्ने आवाज उठाउने हरुलाई राजनीति गर्यो भन्दै भ्रम छर्ने ?
७. यति धेरै सामाजिक अभियन्ताहरुले पत्रकारहरुले व्यापक बिरोध गर्दा पनि जिम्मेवार ब्यक्तिहरु मौन बस्नुको कारण के हो? २/४ जना मिल्दा सबैहुन्छ हामी नै सर्वेसर्वा हो भन्ने मनस्थितिले सिङ्गो समाज बिग्रदैछ त्यसको जिम्मा कस्ले लिने ?
यो पनि पढ्नुहोस्
एन आर एन कोरियाको कार्यालयबाट कसले चोर्यो व्यक्तिगत डाटा ?
प्रकाशित मिति:
शनिबार, असार २६, २०७८, १४:०१:००