थाइल्याण्ड
'युवा सशक्तिकरण र सामाजिक विकास' भन्ने नारासाथ थाई नेपाली संघ युवा विभाग र शिक्षा विभागको आयोजनामा ५ औं युवा सम्मेलन इन्डियन-थाई चेम्बर अफ कमर्स, साथोर्न रोड, सोई अथाकन प्रसित, बैंकक थाइल्याण्डमा भब्यताको साथ सम्पन्न भएको छ।
युवा सम्मेलनमा भाग लिन थाई नेपाली संघ शिक्षा विभाग र युवा विभागको निमन्त्रणामा नेपालबाट स्ट्यान्ड अप कमेडियन एबं प्रेरक वक्ता कार्यक्रमको प्रमुख अतिथि सन्दिप क्षेत्री , विशेष अतिथि म्यानमार बाट डेविड ढकाल थाइल्याण्ड पुगेका थिए। उहाँहरूले शिक्षा सम्बधि ,युवा सशक्तिकरण र सामाजिक विकासमा युवाको भूमिकाको बारे 'मोटिभेस्नल स्पीच' दिएका थिए। सन्दिप क्षेत्रीले आफ्नो रोचक प्रस्तुतिको कारण सारा थाई नेपालीहरूको मन जितेका थिए।
थाई नेपाली संघका अध्यक्ष वादसना राईको स्वागत र शुभकामना मन्तव्य बाट सुरु भएको कार्यक्रममा एनआरएनए आइसिसि सदस्य तथा थाई नेपाली संघका पूर्व अध्यक्ष कुमार कार्की , एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सम्मेलनको शुभकामना साथै युवामा भएको क्षमता, सोच र सीपको भरपूर उपयोग गर्नुपर्ने बताए।युवा सम्मेलनमा शैक्षिक गुणस्तर सुधार ,युवा सशक्तिकरण र सामाजिक विकासमा युवाको भूमिका,समाज रुपान्तरणमा युवाको योगदान तथा अपरिहार्यता, ब्यवसाय र शिक्षा सम्बन्धी विशेष रूपमा प्यानल छलफल भएको थियो त्यस्तै थाइल्याण्डमा विश्वविद्यालयमा छात्रवृत्ति कसरी प्राप्त गर्न सकिन्छ त्यस्तै विदेशमा अध्ययन गर्न जाँदा ध्यान दिनुपर्ने कुराहरु छलफल हुनाका साथै सहभागी युवाहरुले आफूले जानेका बुझेका कला , प्रतिभाहरु प्रस्तुत गरेका थिए। सम्मेलनमा ३०० भन्दा बढी युवाहरुको उपस्थिति रहेको थियो।









प्रकाशित मिति:
मंगलबार, माघ २४, २०७९, २०:३८:००