काठमाडौं
सरकारले नागरिकता विधेयक फेरि अगाडि बढाउने तयारी गरेको छ । यस अघि नागरिकता विधेयक राष्ट्रपतिले संघीय संसदमा फिर्ता गरेकी थिईन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सबै राजनीतिक दलका प्रमुख सचेतक र दलका प्रतिनिधिहरूलाई बोलाएर नागरिकता विधेयक अगाडि बढाउने तयारी रहेको बताएका छन् ।
नागरिकतालगायतका एक दर्जन विधेयकहरु चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन ।
सरकारले नागरीकता विधेयकअनुसार ऐन संशोधन भएको खण्डमा गैरआवासीय नेपाली (एनआरएन) हरूले नागरिकता प्राप्त गर्नेछन्।
त्यसअघिको सरकारको पालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ‘पुनर्विचार’ का लागि संघीय संसद्मै फिर्ता गरेकी थिईन्।सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ मा प्रमाणित गरेर विधेयकलाई प्रमाणीकरण गर्न शीतलनिवास पठाएका थिए ।
प्रकाशित मिति:
सोमबार, माघ २३, २०७९, १६:०८:००