टर्कीको दक्षिणी भागको सिरियन सीमानजिक ७ दशमलव ८ म्याग्निच्यूटको शक्तिशाली भूकम्प जाँदा टर्की र सिरियामा ५०० जना भन्दा बढी मानवीय क्षति भएको छ भने हजारौंको संख्यामा मानिसहरू हताहत भएका छन्। दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो भूकम्प ४५ सेकेण्ड सम्म गएको थियो ।
भूकम्प सिरियन बोर्डरस्थित गाजियान्टापलाई केन्द्रबिन्दु पारेर गएको थियो भूकम्पले टर्की, सिरिया लगायत लेबनान ,साइप्रस र केही युरेपियन मुलुक समेत धक्का पुगेको छ।
टर्कीको विपद् व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार भूकम्पमा परी अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टापमा ७६ जनाको मृत्यु भएको छ भने ४ सय ४० भन्दा बढी मानिस घाइते भेटिएका छन् ।टर्कीमा हिउँ परिरहेको अवस्थामा उद्धारकार्यमा ढिलाइ भएको विभिन्न संचामाध्यमहरुले जनाएको छ।
टर्कीका इस्तानबुल, अँगारा, इज्मिर, अन्तलिया, बर्दुम लगायतका स्थानमा २ हजार देखि २५ सय नेपालीको बसोबास रहेको छ ।
भूकम्पको केन्द्रविन्दु सिरियन बोर्डरस्थित गाजनतेपमा भने थोरै संख्यामा नेपाली रहेका छन् तर भुकम्पमा टर्कीमा रहेका नेपालीहरु हताहत नभएको एनआरएनए टर्कीका महासचिव विनोद पौडेलले नयादैनिकी लाई बताएका छन।
गैर आवासीय नेपाली संघको प्रेस विज्ञप्ति
दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण भएको हताहती तथा मानवीय क्षतिको विवरण आउने क्रम जारी छ । यस दुखद् घडीमा हामी प्रभावित क्षेत्रमा बसोबास गर्ने सबै प्रति चिन्ता र चासो व्यक्त गर्दछौँ । यस घटनामा दिवंगत भएका सबैलाई श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको यथाशक्य छिटो उद्धार र उपचार होस् भन्ने कामना समेत गर्दछौँ । साथै, हामी टर्की र सीमावर्ती सिरियाले व्यहोर्नु परेको दुखमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।
हामीलाई प्राप्त विवरण अनुसार, टर्कीको इस्तानबुल, अँकारा, इज्मिर, अन्टालिया, बोडुर्म लगायतका स्थानमा २ हजार देखि २५ सय नेपालीको बसोबास रहेको छ । भूकम्पको केन्द्रविन्दु दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा भने थोरै संख्यामा नेपाली रहेको जानकारी हामीले पाएका छौँ । त्यहाँस्थित नेपालीहरु अहिले हाम्रो राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी)टर्कीसँग प्रत्यक्ष सम्पर्कमा छन् । भूकम्पमा हालसम्म कुनै नेपालीको क्षति नभएको जानकारी प्राप्त भएको छ । गाजीयान्टेपबाट हामीसँग सम्पर्कमा जोडिनुभएका नेपालीले आफुहरु सुरक्षित रहेको बताउनुभएको छ । थप विवरणका लागि हामी निरन्तर सम्पर्कमै छौँ र सूचना सम्प्रेषण गर्ने व्यहोरा अवगत गराउँदछौँ ।
यसका साथै, त्यहाँस्थित सम्पूर्ण नेपालीलाई सुरक्षित रहन र सम्पर्कमा रहन हामी अनुरोध गर्दछौँ । यदि भूकम्पका कारण कोही नेपाली प्रभावित भएको वा समस्या परेको भए तुरुन्त गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी )टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, महासचिव विनोद पौडेल वा गैरआवासीय नेपाली संघको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछाैँ ।
सम्पर्कका लागि
एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ: 00-905522778593
महासचिव विनोद पौडेल : 00-905372777196
गैरआवासीय नेपाली संघ सचिवालय : 977-014411530
गैरआवासीय नेपाली संघ ।
मिति : ६ फेब्रुअरी २०२३