थाई नेपाली संघ युवा विभागले ५ औं युवा सम्मेलन गर्न लागेको छ। 'युवा सशक्तिकरण र सामाजिक विकास' भन्ने नारासाथ फेब्रुअरी ४ तारिखका दिन थाई नेपाली संघको ५ औं युवा सम्मेलन युवा सम्मेलन इन्डियन-थाई चेम्बर अफ कमर्स, साथोर्न रोड, सोई अथाकन प्रसित, बैंकक थाइल्याण्डमा सुरु हुन लागेको छ।
सम्मेलनमा समाज रुपान्तरणमा युवाको योगदान तथा अपरिहार्यताबारे छलफल हुनाका साथै युवा उद्यमशिलता र फोहोर व्यवस्थापनमा युवाको भूमिका र परिचालन सम्बन्धी छलफल हुनेछ।सहभागीहरूलाई कार्यक्रममा फोहोर सामाग्रीहरू जस्तै पानीको बोतल, प्लाष्टिक, पुराना लुगा आदि ल्याउन आयोजकले प्रोत्साहन गरेको छ।त्यस्तै आयोजकले औपचारिक पोशाक वा उपयुक्त परम्परागत नेपाली पोशाक लगाएर आउन आग्रह गरेको छ।
युवा सम्मेलनमा भाग लिन थाई नेपाली संघ शिक्षा विभाग र युवा विभागको निमन्त्रणामा नेपालबाट स्ट्यान्ड अप कमेडियन एबं प्रेरक वक्ता सन्दिप क्षेत्री थाइल्याण्ड पुगिसकेका छन् उनले शिक्षा सम्बधि ,युवा सशक्तिकरण र सामाजिक विकासमा युवाको भूमिकाको बारे 'मोटिभेस्नल टक ' दिने छन् भने कार्यक्रम स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन्।
प्रकाशित मिति:
बिहिबार, माघ १९, २०७९, १९:५४:००