काठमाडौं
नेपाल परिवार दलका अध्यक्ष एबं संसद एकनाथ ढकालले बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेका छन् । त्यस्तै विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कहाँ छ र को संग छ ? भन्ने पनि उनको प्रश्न गरेका छन्।
२०६३ साल मंसिर ५ गते तत्कालिन नेकपा माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसयता शान्ति प्रक्रियाको विभिन्न चरण पार गर्दै संविधानसभा मार्फत संविधान जारी गरी त्यसयता दुईवटा आम निर्वाचन भइसक्दा पनि संक्रमणकालीन न्यायको काम नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता अहिले तेस्रो पटक प्रधानमन्त्री हुनुहुन्छ । तर, अझै पनि शान्ति प्रक्रियाको एक महत्वपूर्ण पक्ष संक्रमणकालीन न्यायसम्बन्धी कार्यमा खासै प्रगति हुन सकेको छैन’, ढकालले भने ।
सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितहरुबाट ६० हजार भन्दा धेरै उजुरीहरु प्राप्त गरेपनि त्यसउपर अनुसन्धान नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे । सांसद ढकालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी काम अविलम्ब सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएको स्मरण गरे ।
ढकाल भन्छन, संक्रमणकालीन न्यायको असफलताले गम्भीर परिणाम निम्त्याउने सम्भावनाप्रति सचेत रहन र यसलाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’
भिडियो हेर्नुहोस:
प्रकाशित मिति:
बुधबार, माघ १८, २०७९, १७:२९:००