थाइल्याण्ड
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व लामा तामाङ समाजले विविध कार्यक्रम आयोजना गरी मनाएको छ।
मञ्जुश्री पात्रोअनुसार यो वर्षदेखि २८५९ औँ वर्ष सुरु भएको छ। नयाँ वर्ष देखि बाघ वर्ष पूरा गरी बिरालो वर्ष सुरु भएको छ । यस वर्षलाई लामा तामाङ समुदाय विशेषले खरायो वर्ष पनि भन्ने गरेका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
लामा तामाङ्ग समाजको साँस्कृतिक सोनाम लोसारमा नेपाली संघ , एनआरएनए थाइल्याण्ड लगायत बिभिन्न संघसंस्थाको बाक्लो उपस्थिती रहेको थियो। यसै अवसरमा थाई नेपाली संघले लामा तामाङ समाजलाई "आफ्नो जातिय, धर्म, संस्कृति बचाउँदै भावि पुस्तालाइ हामी यी जातका हौं, हाम्रो भाषा यो हो, हामी यसरी समाजमा मिलेर बस्नु पर्दछ भन्दै नयाँ पुस्तालाइ सिकाउँदै आफ्नो जातियको महान चाड सोनाम लाेसार मनाएकोमा धन्यबाद दिएको छ।
प्रकाशित मिति:
मंगलबार, माघ १०, २०७९, ०७:५९:००