सौल। आज सउलमा हुने सेती महकाली सांगीतिक सौगातमा चर्चित गायक राजेश पायल राई पनि आउने भएका छन्। सुदुरपश्चिम समाज कोरियाले सलनालको अवशर पारेर आयोजना गरेको सेती महकाली सांगीतिक सौगात -४ चर्चित गायक राजेश पायल राई पनि आउने प्रचार प्रसार बिभाग संयोजक बीबी मल्ल ठकुरीले नंया दैनिकीलाई बताउनु भएको छ। ठकुरीका अनुसार प्राविधिक कारणले कलाकार हेरेफेर गर्दै राई इज द किङ्ग भनेर चिनिने राजेश पायल राइले मनोरंजन प्रदान गर्ने बताएका छन्। राई आजै कोरिया आइपुगेका छन्।

सिओल सहरको ऐतिहासिक दरबार दोङ्देमुन(पूर्वी ढोका)बाट एक स्टेसनको दूरीमा मात्रै रहेको छोङ्नो ओगा मा रहेको भव्य हलमा कार्यक्रम आयोजना हुँदैछ। सउल मेट्रो लाइन नं. १ को छोङ्नो ओ गा को गेट नं. २ बाट सजिलै कार्यक्रमस्थलमा पुग्न सकिनेछ भने दोङ्देमुनबाट नि:शुल्क मोबाइल बसको पनि पनि व्यवस्था गरिएको छ।
राजेश पायल राईको भिडियो सन्देश
https://www.facebook.com/100007973448584/videos/870288490692093/?mibextid=v7YzmG
प्रकाशित मिति:
शनिबार, माघ ७, २०७९, ०९:४३:००