सिओल- कोरियन नयाँ वर्ष सल्नाल विदाका अवसरमा सुदूरपश्चिम समाज, कोरियाले यही जनवरी २१ तारिखका दिन आयोजना गर्न लागेको ” सेती महाकाली साँगीतिक सौगात भाग-४” को सम्पूर्ण तयारी पूरा भएको कुरा संस्थाका महासचिव महेश बजगाईले बत्ताउनु भयो ।
आयोजक संस्थाका महासचिव महेश बजगाइँका अनुसार कार्यक्रममा लोक गीत सङ्गीत क्षेत्रमै चर्चित गायक एवं मोडेल प्रकाश सपूत, लोक आधुनिक एवं पप गीत संङ्गीतमा ख्याती प्राप्त गायिका मेलिना राइ, हास्य कलाकार सुमन कार्की र देउडा गायक गायिका टंक तिमिल्सेना र गौरी भट्टले आफ्ना उत्कृष्ट प्रस्तुतिहरु दर्शक माझ पस्किनेछन्।
“कलाकारहरू जनवरी २० तारिख बिहानै इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने गरी टिकट समेत निश्चित गरेका छौँ”कार्यक्रम संयोजक यज्ञमान नायकले बताए।
सिओल सहरको ऐतिहासिक दरबार दोङ्देमुन(पूर्वी ढोका)बाट एक स्टेसनको दूरीमा मात्रै रहेको छोङ्नो ओ गा मा रहेको भव्य हलमा कार्यक्रम आयोजना हुँदैछ। सउल मेट्रो लाइन नं. १ को छोङ्नो ओ गा को गेट नं. २ बाट सजिलै कार्यक्रमस्थलमा पुग्न सकिनेछ भने दोङ्देमुनबाट नि:शुल्क मोबाइल बसको पनि पनि व्यवस्था गरिएको छ।
“कोरोना संक्रमण पछिको पहिलो भव्य साँगीतिक धमाका हुनाले दर्शकको बाक्लो उपस्थिति हुनेमा हामी आशावादी छौँ”- कला एवं संस्कृति विभाग संयोजक कृष्ण भण्डारीले बताउनु भयो ।
कार्यक्रम तयारी सम्बन्धी छलफल एवं समीक्षा गर्न गत् शनिबार बेलुकी बैठक समेत बसेको थियो। संस्थाका अध्यक्ष सन्तोष सुवर्णकारले उक्त कार्यक्रममा गरिमामय उपस्थिति गरिदिन हुन कोरियामा रहेका सबै नेपाली संघ संस्था, सामाजिक अभियन्ता,बुद्धिजिवि, व्यावसायी एवं सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।
प्रकाशित मिति:
बिहिबार, माघ ५, २०७९, १०:३०:००