काठमाण्डौ। पछिल्लो समय देश तथा बिदेशका कार्यक्रममा चर्चित शास्त्रीय नृत्याङ्गना सीता सुबेदीको शब्दरचनामा "जब तिमी हुनेछौ" बोलको गीत सरोज पोख्रेल युट्युब च्यानलबाट सार्बजनिक भएको छ। उक्त मेलोडियस फिल्मी गीतमा सङ्गीत सरोज पोख्रेलको रहेको छ भने उदयराज पौडेलको सुन्दर सङ्गीत सम्योजन रहेको छ ।
यश गीतमा पछिल्लो समय द भ्वाइस अफ नेपालकी जज समेत रहेकी सुरिलो आवजकी धनी गायिका प्रविशा अधिकारी तथा राजा खतिवडाको आवाज समेटिएको छ। भिडियो जिबन शाहीको निर्देशन तथा कमल सिंह र सभ्यता गिरीको अभिनयमा बजारमा आएको हो।
भिडियो
प्रकाशित मिति:
शनिबार, पुस २३, २०७९, १५:२४:००