पुस १८, २०७९, काठमाडौँ। प्रतिनिधि सभाका नवनिर्बाचित सांसद एकनाथ ढकालले महामहिम उप-राष्ट्रपति नन्द बहादुर पुन संग भेट गरेका छन्। उप-राष्ट्रपतिको कार्यालयमा भएको भेटमा देशको समसामयीक अवस्था बारे कुराकानी भएको ढकालका स्वकीय सचिब जेन श्रेष्ठले बताए। उप-राष्ट्रपति पुनले सांसद हरुले जन अपेक्षित भूमिका खेली सबै देशबासीको मनोबल उच्च राख्नु पर्ने बताउदै नवनिर्बाचित सांसद ढकाललाई बधाई तथा शुभकामना समेत दिनु भयो। सांसद ढकालले महामहिम राष्ट्रपति र उप-राष्ट्रपति गणतन्त्रको प्रतिक र राष्ट्रको अभिभावक भएकोले जनप्रतिनिधिहरुलाई आबस्यक मार्ग निर्देशन गर्न आग्रह गर्दै आफुले संसदमा जिम्बेवार सदस्यको भूमिका निभाउने बताए। भेटमा नेता ढकाल संगै परिवार दलका महामन्त्री द्वय सन्तोष पौडेल र प्रकाश बाबु थापा पनि सहभागी थिए।
प्रकाशित मिति:
सोमबार, पुस १८, २०७९, १८:५७:००