बिहीबार दिउँसो ख्यगी प्रान्तको ग्वाचेओनमा रहेको एक्सप्रेसवेको ओभरपासमा भएको आगलागीमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन्।कोरियाको दमकल विभागको अनुसारआगलागी दिउँसो १ः४९ बजे सुरु भएको थियो । एक्सप्रेसवेको एक कभर खण्डमा बस एक कार्गो ट्रक संग ठोक्किए पछि आगाली भएको बताइएको छ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा दुर्घटनास्थलमा धुवाँको मुस्लो र ठूलाठूला आगो निस्किएको देखाइएको छ । आगलागीले कभर ओभरपास भित्र रहेका सवारी साधनहरूमा रहेका दर्जनौं चालक र यात्रुहरूलाई खाली गर्न निर्देशन दिईएको थियो।
बेलुका ४ बजेसम्म ५ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । अधिकारीहरूले सुरुमा मृत्यु हुनेको संख्या छ जना रहेको घोषणा गर तर केही घण्टा पछि गणना त्रुटिलाई उद्धृत गर्दै यसलाई घटाएर पाँच बनाएका थिए कभर ओभरपास भित्र जलेको गाडीमा शव फेला परेको थियो।घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।
-कोरियाली संचार
प्रकाशित मिति:
बिहिबार, पुस १४, २०७९, १७:२९:००