सौल। नेपाली राजदुतवास दक्षिण कोरियाको शुभकामना सहित नेपाल बौद्ध परिवारले आफ्नो २७औ बर्षिक कार्यक्रम तथा स्मारिका विमोचन सम्पन्न गरेको छ। बार्षिक साधारण सभा तथा स्मारिका बिमोचन गर्दै बौद्ध परिवारका अध्यक्ष पेमा कुन्साड् लामाले प्रत्येक वर्ष दक्षिण कोरियामा हुने बुद्ध जयन्ती विशेष कार्यक्रम ( 연등회 ) विश्व बौद्ध हरुको परेडमा बौद्ध परिवारले नेपाल र लुम्बिनीको बारेमा प्रसार प्रचार गरि नेपाल भ्रमणको लागि कोरियान पर्यटक आकर्षण पार्ने कार्य गर्दै आईरहेको बताउनु भयो।
सबै नेपालीको साथ र समर्थन पाए कोरियामा नेपाली कलासंस्कृती अनुसारको शान्त स्थानमा गोन्पा (बौद्द मन्दिर ) निर्माण गर्ने र दुखमा परेका नेपाली हरुको लागि सहयोग तथा उदार कार्यमा समर्पण हुने गुरु कुन्सान्गले बताउनु भयो। नेपाल बौद्ध परिवार दक्षिण कोरियामा दर्ता भएको नेपालको एक मात्र धार्मिक संस्था हो। प्रत्येक वर्ष दक्षिण कोरियामा हुने बुद्ध जयन्ती विशेष कार्यक्रम ( 연등회 ) विश्व बौद्ध हरुको परेडमा बौद्ध परिवारले नेपाल र लुम्बिनीको बारेमा प्रसार प्रचार गरि नेपाल भ्रमणको लागि कोरियान पर्यटक आकर्षण पार्ने कार्य गर्दै आईरहेको छ। संस्थाले बुद्दको जन्मस्थान बारेको भ्रम हटाउन दक्षिण कोरियामा विभिन्न कार्यक्रम गर्दै आएको छ।


प्रकाशित मिति:
सोमबार, पुस ११, २०७९, १०:४४:००