बिशेष ब्युरो ,सौल। नेपालको लागी मौसमी कामदार भिषा बन्द गर्न कोरिया सरकारले प्रक्रिया शुरु गरे संगै यसबारे सर्वत्र चासो व्यक्त हुन थालेको छ। मौसमी कामदार र उनीहरु ठगिएको बिषयमा नंया दैनिकीले निरन्तर फलोअफ समाचार प्रकाशन गरे संगै केहि दलाल र स्थानीय प्रतिनिधिहरुको निद हराम भएको छ भने धेरैको संख्यामा नेपालीहरु ठगि हुनबाट बचेका छन्। महँगो शुल्कमा मौसमी कामदारको रुपमा नेपालीहरुलाई कोरिया ल्याए पनि ति नेपालीहरु न्यून तलब र कठिन कामको कारण कार्यस्थल छाडेर भाग्ने गरेका थिए। तर स्थानिय सरकार बिचको सम्झौतामा कामदारले हवाई भाडा बाहेक अन्य कुनै पनि शुल्क तिर्न नपर्ने सम्झौता भए पनि चर्को शुल्क तिरेकोले उनीहरु भागेर अन्य रामो कमाई हुने स्थानमा जाने गरेको तथ्य सार्वजनिक भएको थियो।
यस वर्षको सेप्टेम्बरको अन्त्यसम्ममा देशव्यापी कृषि क्षेत्रमा ८ सय ५४ मौसमी कामदारले काम छोडेको पाइएको थियो।राष्ट्रिय सभाको कृषि, वन, पशुपालन, खाद्य, सामुद्रिक तथा मत्स्य पालन समितिका सभापति तथा सांसद ली याङ-सू ले न्याय मन्त्रालयको हावाला दिंदै गत वर्ष देशभरबाट ३१६ जना मौसमी कामदार बिना अनुमति छाडेर गएका थिए। यस वर्ष सेप्टेम्बरको अन्त्यसम्ममा ८५४ जना विना अनुमति बाहिर निस्किएको पाइएको छ। स्थानीय सरकार मार्फत लीको छुट्टै अनुसन्धानको नतिजाको रूपमा, यस वर्ष नेपालमा मौसमी कामदारहरूको अवैध प्रस्थान विशेष गरी गम्भीर भएको निष्कर्ष निकालेको थियो। अक्टोबर १२ सम्म नेपालमा स्थानीय सरकारहरूसँग एमओयूमा हस्ताक्षर गर्ने ४ स्थानीय सरकारहरूको औसत ८२ प्रतिशत काम गर्ने स्थानबाट भागेका थिए।
यो पनि पढ्नुहोस
दक्षिण कोरियाले नेपाली मौसमी कामदार लिनमा रोक !
प्रकाशित मिति:
शनिबार, पुस ९, २०७९, १४:४४:००