दक्षिण कोरियाले जनवरी अन्तिम देखि इन्डोर मास्क अनिवार्य लगाउनु पर्ने निर्णय खारेज गर्ने तयारी गरेको छ। सरकारले शुक्रबार इनडोर मास्क अनिवार्य नीतिलाई खारेज गर्ने प्रक्रिया अगाडी बढाएको कोरियाली संचार माध्यमहरुले बताएका छन्। यद्यपि चिकित्सा विशेषज्ञहरूले अझै पनि देशमा कोभिड-१९ का प्रतिबन्धहरू मध्ये अन्तिम इनडोर मास्क नियम खारेज गर्नु अघि पुर्व तयारी बारे गम्भीर बन्नुपर्ने बताएका छन्।
जबकि केही डाक्टरहरूले मास्कहरू अब व्यक्तिगत छनोटको रूपमा हुनुपर्छ भने आलोचकहरुले भने कमजोर समूहहरूलाई जोखिममा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
केन्द्रीय प्रकोप र सुरक्षा काउन्टर मेजर मुख्यालयले घोषणा मास्क छुट दुई चरणहरूमा आउनेछ। पहिलो चरणमा, अस्पताल, नर्सिङ होम, फार्मेसी र सार्वजनिक यातायात जस्ता उच्च जोखिममा रहेका सुविधाहरू बाहेक सार्वजनिक स्थानहरूमा मास्कहरू अब आवश्यकता हुनेछैन - भनेर सिफारिस हुनेछ।
प्रकाशित मिति:
शनिबार, पुस ९, २०७९, १३:४३:००