काठमान्डौ
हालै सम्पन्न प्रतिनिधि सभा सदस्यमा नव-निर्बाचित एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेपाल परिवार दलको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा दलका उपाध्यक्ष विनोद डाँगीले स्वागत मन्तव्य राखेका थिए स्वागतको क्रममा २०६३ साल देखि परिवार दलले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र अहिले प्रतिनिधिसभामा पुन: संसद हुँदै समृद्ध नेपाल सुखी नेपाली बनाउन मौका पाउँदा खुसी व्यक्त गरे।
त्यस्तै वक्ता नारायण शर्माले अध्यक्ष ढकालले संसदमा प्रतिनिधित्व गर्न पाउँदा राष्ट्रिय समर्पण , क्षमता र अनुभव यूपीएफको गतिविधिलाई लाई सहयोग पुग्ने उनले धारणा राखे।
माननीय मिलन राजवंशीले दश वर्षको लामो अंतराल पछि परिवार दलले प्रतिनीधि सभाको सदस्य हुन पाएको खुसी व्यक्त गरिन् त्यस्तै पाँच वर्षे पार्टीका एजेण्डाहरुलाई सिरोधर गर्न सुझावको साथै शुभकामना दिइन्।
प्राध्यापक डा श्रीराम प्रसाद उपाध्यायले ढकाल जस्तो प्रतिनिधि सभा सदस्य परिवार दलको मात्र नभई सिंगो देशको निम्ति अपरिहार्य रहेको बताए।
त्यस्तै वक्ता केशव चौलागाईले आर्थिक र राजनीतिक पोख्त ढकालले निर्वाचन पछि उदय भएका स्वतन्त्र , नागरीक उन्मुक्ति पार्टी , जनमत पार्टी संग सहकार्य गर्न र प्रतिपक्षमा बसेका पनि प्रतिनिधिसभाको विभिन्न समिति मध्यको एक समितिको प्रमुख हुनुपर्नेमा जोड दिनुभयो।
नेपाल परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाश बाबु थापाले असजिलो बाटो लाई सजिलो बनाउन निम्ति ढकालको भूमिका अपरिहार्य रहेको र आगामी कार्यकाल सफल बनाउन आफू लगायत आफ्नो टीम सदैव सहयोग गर्न तयार रहेको वताए।
न्यायधिस डा.रबी अर्याल ,प्रा. डा. तुलसी पाठकले ढकालको सफल कार्यकालको शुभकामना दिएका थिए त्यस्तै नेपाल परिवार दलका महामन्त्री सन्तोष पौडेलले अध्यक्ष ढकाल प्रतिनिधिसभा सदस्य भएलगत्तै अन्तर्राष्ट्रिय समुदाय, परराष्ट्रमन्त्रालय, विभिन्न देशका राष्ट्रप्रमुखबाट शुभकामना आइरहेको बताए।
मन्तव्यको क्रममा माननीय संसद ढकालले संमृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न आफ्नो पार्टीले नेकपा एमाले संग सहकार्य गर्दै संसदमा प्रतिनिधित्व आफूलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको सानो या ठूलो दल नभनी आफ्नो कर्तव्य निष्ठा कायम राखी अहोरात्र खटिएका नेपाल परिवार दलको केन्द्रिय निर्बाचन परिचालन समिति , पिस फोर्स, विज्ञ, मिडियाकर्मी लगायत नेपाली जनतालाई धन्यवाद दिएका थिए। सबैखाले विभेदको अन्त्य र सुसंकृत, समुन्नत तथा समाबेशी नेपाल निर्माणमा नीतिगत योगदान गर्ने आफ्नो सैद्धान्तिक प्रतिवद्वता रहेको र त्यसलाई अक्षरशः पालना गर्ने बताउनुभयो।नेपाल परिवार दलको प्रमुख प्रतिबद्धतामा राष्ट्रियताको संरक्षण,संविधानको कार्यान्वयन
शान्ति लोकतन्त्र समृद्धि ,भ्रष्टाचार निवारण र सुशासन,असल परिवार र नैतिकवान समाज,सामाजिक सद्भाव मेलमिलाप र अन्तर धार्मिक एकता,यूवा तथा रोजगार,पर्यटन प्रवर्द्धन तथा विकास , विकास तथालगानीमैत्री वातावरण सिर्जना ,उत्पादनको विकास र रोजगारीको सिर्जना, प्रतिव्यक्ति आयमा वृद्धि,सामाजिक सुरक्षा र उत्पीडित समुदायको उत्थान, मौलिक कला तथा संस्कृतिको प्रवर्द्धन,वातावरण संरक्षण,अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार ल्याउने रहेको छ।





