सौल। सलनालमा हुने 'ताप्लेजुङ् कञ्चन्जङ्घा साँगितिक सौगात ' को पोष्टर सार्वाजनिक गरिएको छ। ताप्लेजुङ् सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको उक्त सांगीतिक सौगात कार्यक्रममा नेपालका प्रसिद्द लोक गायक प्रमोद खरेल लगायत चर्चित कलाकारहरुको प्रस्तुति रहने छ। सन् -२०१५ मा “हाम्रो ताप्लेजुङ्, प्यारो ताप्सेजुङ्, प्रवासी भूमिमा ताप्लेजुङ्को एकता, सिंगो ताप्लेजुङ् जिल्लाको शिक्षा र विकासमा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ दक्षिण कोरियामा रहेका ताप्लेजुङ्गेहरूको साँझा सामाजिक संस्थाको रूपमा स्थापना भएको हो। ताप्लेजुङ् सम्पर्क समिति दक्षिण कोरीयाले जनवरी २२ तारिख आईतबार ताप्लेजुङ् जिल्लाको अति दुर्गम क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याऊने उद्देश्यका साथ “ताप्लेजुङ् कञ्चन्जङ्घा साँगितिक सौग़ात धमाका भाग-१~२०२३” कार्यक्रमलाई आर्थिक, भौतिक ,नैतिक सहयोग गरी सभ्य र भब्यताका साथ सफल बनाउन दक्षिण कोरियामा बसोबास गरिरहनु हुने सम्पुर्ण ताप्लेजुङ् बासी दाजुभाई तथा दिदी बहिनीहरूलाई अपिल गरेको छ।

प्रकाशित मिति:
आईतबार, मंसिर १८, २०७९, १८:३४:००