काठमाण्डौ।दर्शक र श्रोताको मन जित्न सफल चर्चित म्युजिक भिडियो 'टाढा भएपनि' गीतको फेमेल भर्सन पनि सार्वजानिक भएको छ।
महाकवि लक्ष्मिप्रसाद देवकोटाको महाकाव्य मुनामदनको कथामा आधरित उक्त म्युजिकमा चर्चित गायक उर्गेन दोङ्ग र गायिका अस्मिता अधिकारीले गाएका छन्। म्युजिक कम्पोज तथा लिरिस पनि गायक उर्गेन आफैले गरेका छन्। बिउर्न मुजिक नेपालको स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक आयुशमान देशराज जोशीको बेजोड अभिनय रहेको छ।
स्वप्निल क्रियसनले उत्पादन गरेको यो म्युजिक भिडियोले छोटो समयमा नै दर्शकको मन जित्न सफल भएकोमा प्रडुसर तथा स्वप्निल क्रियसनका संचालक सर्वजित राई (प्रिन्स) उत्साहित देखिन्छन्।अन्य नेपाली म्युजिकको तुलनामा धेरै लगानी भएको भन्दै नेपाली सांगीतिक क्षेत्रमा यो म्युजिक भिडियोको चर्चा पनि भएको थियो। हाल दक्षिण कोरियामा रहेका उनले आफ्नो म्युजिक भिडियोले दर्शक स्रोताको आत्याधिक माया पाएको भन्दै सबै नेपाली दर्शक र स्रोताहरुलाई आभार प्रकट गरेका छन्।
नंया दैनिकी संग सक्षिप्त कुराकानी गर्दै उनले आगामी दिनमा नेपाली गित संगीतको क्षेत्रमा अझ राम्रो गर्न प्रेरणा मिलको बताए। उनि दक्षिण कोरियामा सामाजिक क्षेत्रमा पनि सक्रिय छन्।
प्रकाशित मिति:
मंगलबार, मंसिर १३, २०७९, १७:३२:००