पोखरा/ नेपाल परिवार दलका महामन्त्री तथा गन्डकी प्रदेशका संयोजक प्रकाश बाबु थापाले प्रतिनिधि सभाका निर्वाचित उम्मेदवार बिधा भट्टराईलाई भेटेर बधाई तथा शुभकामना दिनुभएको छ। नेकपा एमालेकी नेत्री भट्टराईले १६,८९८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कँडेललाई ४,५०३ को मतान्तरले पछि पारेकी थिईन् । भेटमा नेत्री भट्टराईले निर्वाचन प्रचार प्रसार समयदेखि वीजयको यो क्षणसम्म आईपुग्दा नेपाल परिवार दलले खेलेको भुमिका र सहयोगलाई खुलेर तारिफ गर्नु भएको थियो।सथै यो वीजय हामी सबैको वीजय हो र सबैजना मिलेर जनताको मुद्दालाई संसदमा उठाउने कुरामा नेतृ भट्टराई दृढ भएको भेटमा सहभागी दलका केन्द्रीय सदस्य रामचन्द्र देवकोटाले बताउनुभयो। निजी निवासमा भएको उक्त भेटमा महामन्त्री थापाले 'समृध्द नेपाल, सुखी नेपाली' को सपना साकार पर्ने तरिकाले अगाडि बढ्नुहुन र युवा नेतृत्वप्रति जनताको बढ्दो आकर्षणलाई मध्यनजर राखी काम गर्नुपर्ने सल्लाह दिनुभएको कुरा भेटका अर्का सदस्य केदार बजगाईले नयाँ दैनिकीलाई बताउनुभयो।
प्रकाशित मिति:
शुक्रबार, मंसिर ९, २०७९, ११:०६:००