अशोक मैनाली। पछिल्लो समय गायक उर्गेन लामाको 'लजालु मायालु' चर्चाको शिखरमा पुगेको छ। यस अघि पनि दर्शक, श्रोताहरु माझ निक्कै लोकप्रिय गितहरु ल्याएर चर्चामा आएका उर्गेनको 'लजालु मायालु ' य़ुटुबमा अपलोड भएको २ हप्तामा नै ५० लाख भन्दा बढी दर्शक ,श्रोताले हेरेका /सुनेका छन्। उक्त म्युजिक भिडियोमा अनु चौधरी ,बिरेन्द्र दोङ्ग रोहण खत्री ,आकंस आचार्य लगायतको भूमिका रहेको छ।

गाजलु मायालु पुरा भिडियो
उक्त गीतमा रहेको थारु भाषाको लाइन सामजिक संजालमा भाईरल नै भएको छ। म्युजिकको ट्रेन्डीङ नं १ मा रहेको उक्त म्युजिक भिडियोले गायक उर्गेनलाई निक्कै चर्चामा पुर्याएको छ। यस अघि पनि उनको फरक शैली र प्रस्तुतिको कारण हाम्रो यो माया कहिले नछुटोस ,टाढा भएपनि ,तिमीले चुमेका हातहरु चर्चामा छन्। उनले नेपाली भाषा संग संगै तामांग र थारु भाषालाई पनि मिसाएर नंयापन मात्र दिन खोजेका छैन् नेपाली गित संगीतको क्षेत्रमा नंया आशाको किरण पनि छरेका छन्।
प्रकाशित मिति:
बिहिबार, असोज १३, २०७९, १२:२४:००