काठमाडौं
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा एनआरएनए टोली नेपाली पुलिस क्लबसँग १३ रनले पराजित भएको छ। वर्षाले अवरुद्ध बनाएको खेल ८ ओभरमा झारिएको थियो।
पहिलो ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले ८ओभरमा ६ विकेट गुमाएर ११० रनको विशाल योगफल तयार पारेको थियो जवाफी ब्याटिङमा उत्रेको एनआरएनए टोलीले ८ ओभरमा ३ विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो।
पुलिसको तर्फ बाट आरिफ शेखले ३६ ,दीपेन्द्र सिंह एरीले २५ करण केसीले १८ , कुशल भुर्तेलले १२ रन बनाएका थिए भने बलिङ तर्फ योगेन्द्र सिंह कार्कीले २विकेट , पवन सर्रफले १ विकेट हात पारे त्यस्तै एनआरएनए टोलीबाट कप्तान सुनम गौतमले ४६ , सागर पुनले ३७ रन बनाए भने बलिङ तर्फ दिवस गिरीले २ विकेट ,दीपक क्षेत्री ,सुनम गौतम र दिनेश खरेलले समान १ विकेट हात पारे।
प्रकाशित मिति:
बिहिबार, भदौ ३०, २०७९, १७:२७:००