कोरीया
दक्षिण काेरियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू बीच आत्मीयता र आपसी सद्भाव बढाउने उद्देश्यका साथ प्रवासी नेपाली मञ्च दक्षिण काेरियाले आउँदाे जुलाई ३० र ३१ तारिकका दिन (शनिबार र आइतबार) विशेष कार्यक्रमकाे आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा दक्षिण काेरियामा कार्यरत नेपालीहरूका बीच भेटघाट, छलफल तथा विविध मनाेरञ्जनात्मक कार्यक्रम हुने कार्यक्रमका संयाेजक सन्जु पौडेल ले जानकारी दिनुभयो । कार्यक्रम थेजेन फादा नजिकैको शान्त एवं मनमाेहक समुद्री तट(충남 보령시 해수욕장길 78)मा हुन लागेको हो | थप जानकारीका लागि 01089486548 मा सम्पर्क गर्न सकिने आयाेजक टिमले जनाएको छ।
प्रकाशित मिति:
आईतबार, असार १९, २०७९, ०८:३२:००